Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

काठमाडौंका ८ क्यासिनोमा प्रहरीको छापा, म्यानेजरसहित आठ नेपाली पक्राउ

By साझासवाल

जेठ २४, काठमाडौँ |  काठमाडौं उपत्यकामा सञ्चालनमा रहेका ८ वटा क्यासिनोमा प्रहरीले छापा मारेको छ। काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले गएराति ८ क्यासिनोमा छापा मारेको हो।

सोक्रममा ८ जना नेपालीलाई पक्राउ गरिएको अपराध अनुसन्धान कार्यालयका एसएसपी वसन्त कुँवरले जानकारी दिए। नेपाली छिराउने गरेको भन्ने सूचना आएपछि प्रहरीले छापा मारेको थियो। त्यसक्रममा दुई वटा क्यासिनो भने गएराति नचलेको पाइएको प्रहरीले जनाएको छ।

तीन वटामा विदेशी मात्रै क्यासिनोमा प्रवेश गरेको पाइएको थियो। तीन वटा क्यासिनोले भने नेपालीलाई समेत प्रवेश गराएर खेलाउने गरेको पाइएपछि ८ जनालाई नियन्त्रणमा लिइएको हो।

नक्सालस्थित म्येरिएट होटलमा रहेको क्यासिनो म्यारिएट, दरबारमार्गस्थित एलप क्योसिनो र भेगास क्यासिनोबाट ८ जना नेपाली समातिएका छन्।