Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

प्रहरी हुँ भनी डर त्रास देखाउँदै रकम असुल्न खोज्‍ने युवा पक्राउ

By साझासवाल 3 मिनेट पढाइ

जेठ २५,  सिन्धुली | नक्कली प्रहरी बनेर स्थानीयलाई डर त्रास देखाउँदै हिँड्ने युवालाई प्रहरीले नियन्त्रणमा लिएको छ ।

सिन्धुली प्रहरीले जिल्लाको मरिण गाउँपालिका ७ बाट नक्कली प्रहरी बनि हिँडेका सिञ्जा गाउँपालिका ६ रुगा जुम्लाका घर भएका  निर्जल शाही भन्ने विष्णुबहादुर शाहीलाई नियन्त्रणमा लिएको हो ।

शाहीले जेठ १८ गते देखि मरिण गाउँपालिकाको विभिन्न स्थानमा प्रहरी हुँ भनी प्रहरीको अर्ध पोशाक लगाई रकम माग गर्दै डर त्रास देखाउँदै आएको प्रहरी कार्यालयमा उजुरी परेको थियो ।

शाहीले प्रहरीको पोशाक लगाइ प्रहरी हुँ भन्दै डर त्रास देखाउँदै आएकोले भन्दै सत्य तथ्य बुझी आवश्यक कारबाही गर्न माग गर्दै मरिण गाउँपालिका ६ छाप बस्ने विमल आरणले जेठ २२ गते जिल्ला प्रहरी कार्यालय सिन्धुलीमा निवेदन दिएका थिए ।

सोही निवेदनका आधारमा खोजतलास गरी शाहीलाई पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी नायव उपरीक्षक मनोज कुमार लामाले बताए । शाहीलाई जिल्ला प्रहरी कार्यालयमा राखि आवश्यक अनुसन्धान भइरहेको लामाको भनाइ छ।