Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

बञ्चरेडाँडामा तनाव, प्रहरीले हान्यो अश्रुग्यास

By साझासवाल

जेठ २५, काठमाडौँ । काठमाडौं उपत्यकाको फोहोर नुवाकोटको बञ्चरेडाँडामा फ्याँक्ने क्रममा बुधबार स्थानीयले अवरोध गरेपछि तनावको स्थिति सिर्जना भएको छ ।

मंगलबारदेखि प्रहरीको सहयोगमा फोहोर व्यवस्थापन सुरु गरिएको थियो । तर बुधबार पनि स्थानीयले अवरोध गरेपछि प्रहरीले केही राउण्ड अश्रुग्यास हानेको उपत्यका प्रहरी कार्यालय, रानीपोखरीका डीआईजी उत्तमराज सुवेदीले अनलाइनखबरलाई बताए ।

स्थानीयले ढुंगामुढा गरेपछि स्थितिलाई नियन्त्रणमा लिन अश्रुग्यास हान्नु परेको उनको भनाइ छ ।