२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

छुट्टाछुट्टै स्थानमा भएका सवारी दुर्घटनामा सात जनाको मृत्यु

२०७९, ३० जेष्ठ सोमबार ०७:३८

जेठ ३०, काठमाडौं | काठमाडौं, चितवन, नवलपरासी (पूर्व), बारा, बाँके र मकवानपुरमा भएका छुट्टाछुट्टै सवारी दुर्घटनामा परी ७ जनाको मृत्यु भएको छ । 

काठमाडौं महानगरपालिका–३२ कोटेश्वरस्थित सडकमा ना.५ ख २८१९ नम्बरको मिनी ट्रकले बा.७१ प ३०५४ नम्बरको मोटरसाइकललाई आइतबार बेलुकी ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ । 

मृत्यु हुनेमा मोटरसाइकलमा सवार काँडाघारी बस्ने पाँचथर मिक्लाजुङ गाउँपालिका–५ घर भएकी ३४ वर्षीया सम्झना राई रहेकी छन् । 

दुर्घटनामा गम्भीर घाइते भएकी उनको टिचिङ अस्पताल महाराजगन्जमा उपचारको क्रममा मृत्यु भएको हो । आइचर चालक र मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ । 

चितवनको रत्ननगर नगरपालिका–५ मगरटोलस्थित सडकमा बा.२० च ४११४ नम्बरको कारको ठक्करबाट आइतबार साँझ पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा सोही ठाउँ बस्ने ४२ वर्षीया सेतीमाया घलान अधिकारी रहेकी छन् । 

ठक्करबाट गम्भीर घाइते भएकी पैदलयात्री सोही ठाउँ बस्ने ५५ वर्षीया राधिका बोटेको पुरानो मेडिकल कलेजमा उपचार भइरहेको छ । हाल फरार रहेका कार चालकको प्रहरीले खोजी गरिरहेको छ । कार धनीलाई अनुसन्धानको लागि प्रहरीले नियन्त्रणमा लिएको छ । 

नवलपरासी (पूर्व)को मध्यविन्दु नगरपालिका–७ गोछडाटारमा ना.७ त ३७७५ नम्बरको ट्रयाक्टरको ढाला पल्टिएर च्यापिँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा ट्रयाक्टर चालक कावासोती नगरपालिका–१७ बस्ने ५५ वर्षीय शान्तिनाथ महतो रहेका छन् । 

बाराको महागढिमाई नगरपालिका–८ थलही पुलस्थित सडकमा प्र २–०३–००४ प ७९३४ नम्बरको मोटरसाइकल आइतबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको  छ । 

मृत्यु हुनेहरूमा चालक सूवर्ण गाउँपालिका–७ सनफुल्वा बस्ने ३५ वर्षीय विरूलाल यादव र मोटरसाइकलमा सवार भारत घर भएका ३० वर्षीय मेवा चन्द्र यादव रहेका छन् । 

दुर्घटनामा गम्भीर घाइते भएका उनीहरूको कलैया अस्पतालमा उपचारको क्रममा मृत्यु भएको हो । 

बाँकेको राप्तिसोनारी गाउँपालिका–२ हरिहरपुर बस्ने सन्तोष बिकको छोरा ११ वर्षीय सुनिल बिकले चलाएको साइकल आइतबार साँझ दुर्घटना हुँदा सुनिलको मृत्यु भएको छ । 

दुर्घटनामा गम्भीर घाइते भएका उनको मेडिकल कलेज कोहलपुरमा उपचारको क्रममा मृत्यु भएको हो । साथै घाइते भएका साइकलमा सवार सोही ठाउँ बस्ने वेद प्रसाद भण्डारीको छोरा १४ वर्षीय करण भण्डारीको सोही अस्पतालमा उपचार भइरहेको छ । 

मकवानपुरको हेटौंडा उपमहानगरपालिका–१५ नाबिन क्रसरस्थित सडकमा प्रदेश २–०३–००१ ख ०२४२ नम्बरको बसले ना.२ ह ६४ नम्बरको अटोलाई सोमबार बिहान ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

मृत्यु हुनेमा अटोका चालक बारा रतनपुर गाउँपालिका डम्बरपुर बस्ने २६ वर्षीय मिलन सुनार रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको हेटौंडा अस्पताल हुँदै चुरेहिल अस्पतालमा थप उपचारको क्रममा मृत्यु भएको हो । 

दुर्घटनामा घाइते भएका अटोमा सवार हेटौंडा उपमहानगरपालिका–१२ गुरुविर्ता बस्ने ३५ वर्षीय सुवास सुनारको हेटौंडा अस्पतालमा उपचार भइरहेको छ । बस चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।     

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर