जेठ ३१, काठमाडौं | सरकारले बुधबार (असार १ गते) देखि लागू हुने गरि नयाँ कार्यालय समय निर्धारण गरेको छ । गृह मन्त्रालयले सूचना जारी गर्दै जेठ २३ गते बसेको मन्त्रीपरिषद्को निर्णय अनुसार बुधबारदेखि बिदा र कार्यालय समय पुरानै कायम रहने जनाएको हो । आइतबारको विदा खारेजीपछि गृह मन्त्रालयले नयाँ कार्यालय समय निर्धारण गरेको हो ।

जसअनुसार अब नेपाल राज्यभरका सवै सरकारी कार्यालयहरुमा आतबारदेखि बिहीबारसम्म असार १ गतेदेखि कात्तिक १५ गतेसम्म तथा माघ १६ गतेदेखि चैत मसान्तसम्म कार्यालय समय विहान १०ः०० देखि अपरान्ह ५ः०० बजेसम्म हुनेछ । यस्तै कात्तिक १६ गतेदेखि माघ १५ गतेसम्म बिहान १०ः०० बजेदेखि अपरान्ह ४ः०० बजेसम्म हुनेछ । शुक्रबारको दिन भने कार्यालय समय बिहान १०ः०० बजेदेखि अपरान्ह ३ः०० बजेसम्म हुनेछ ।

भोलिदेखि सरकारी कार्यालयको समय हेरफेर, यस्तो छ समय तालिका