२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

विमानस्थलमा आज विमान दुर्घटना र आगलागीको दृश्य देखिनेछ, तर…

२०७९, १ असार बुधबार ०५:२७

असार १, काठमाडौँ | त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा आज दिउँसो धुवाँको ठूलो कालो मुस्लो देखिनेछ । वायुयान दुर्घटना भई आगलागीपछि धुवाँको मुस्लो आएको देखिनेछ । दमकल, एम्बुलेन्स र सुरक्षाकर्मीको बाक्लो उपस्थिति हुनेछ । उद्धार, उपचार र व्यवस्थापनमा सुरक्षाकर्मी परिचालन हुनेछन् । विमानस्थल संकटकालीन योजनामा हवाई उडान सेवासँग सम्बद्ध विभिन्न निकायहरूको सहभागिता रहनेछ । 

दुर्घटनापछि उद्धारको दृश्य देखिरहँदा हवाई सेवा प्रभावित हुनेछ । दिउँसो ३ देखि साढे ३ बजेसम्म उडान तथा अवतरण सेवा अवरुद्ध हुनेछ । यसबाट हवाई सेवा लिने सेवाग्राही प्रभावित हुनेछन् । 

तर, सुखद पक्ष यो दुर्घटनामा विमानमा क्षति पुग्ने छैन । जनधनको क्षति हुने छैन । हेर्दा मात्रै दुर्घटनाजस्तो देखिनेछ । त्यसैले यो समय हवाई सेवाका लागि गएका यात्रुका आफन्तहरू डराउनु पर्नेछैन । 

कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल नागरिक उड्डयन कार्यालयले आज पूर्ण संकटकालीन अवस्थाको अभ्यास गर्नेछ । त्यसैले दुर्घटना र उद्धारको दृश्य बनावटी मात्रै हुनेछ । 

“परिकल्पना गरिएको घटना अनुसार अभ्यासको क्रममा विमानस्थल परिसरमा कनै वायुयान दुर्घटना भई आगलागी हुने जसको कारण विमानस्थल वरिपरिको आकाशमा काला धुवाँको मुस्लो देखिनेछ । घटनाको प्रतिकार्यको लागि दमकल, सुरक्षाकर्मी, एम्बुलेन्स तथा अन्य गतिविधिमा तिव्रता आएको देख्न सकिनेछ,” नेपाल नागरिक उड्ययन प्राधिकरणले भनेको छ, “यो अभ्यासको क्रममा स्थानीय समय अनुसार ३ देखि साढे ३ बजेसम्म विमानस्थलका नियमित उडान अवतरण प्रभावित हुन सक्नेछन् ।” 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
अब अनलाइन माध्यमबाटै प्रहरीमा उजुरी तथा गुनासो दर्ता गर्न सकिने यी हुन् मन्त्रिपरिषद् बैठकका निर्णयहरु प्रधानन्यायाधीशको शपथ ६:१० बजे दुर्गा प्रसाईंविरुद्ध विद्युतीय कारोबार ऐन र राज्यविरुद्धको कसुरमा मुद्दा दर्ता मन्त्रीपरिषद बैठक सुरु नक्कली लालपुर्जा बनाएर जग्गा पास गराउन खोज्ने तीन जना पक्राउ विद्यार्थी संगठन खारेज गर्ने सरकारको निर्णयविरुद्ध सर्वोच्चमा रिट भगवानको रक्षा गर्नुपर्ने बेला भएको छ : सांसद खरेल सरकारको नीति गरिब होइन, गरिबी भगाउने हुनुपर्छ: विष्णुमाया बिक प्रतिनिधिसभाको बैठक सुरु प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक सुन-चाँदीको मूल्य बढ्यो विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर