Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बैतडीमा जीप दुर्घटना हुँदा दुई जना घाइते

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

<p><b>असार ६, बैतडी | </b>बैतडीको पज्यूनयाँमा साेमबार जीप दुर्घटना भएको छ । से १ ज १०८७ नम्बरको जीप दुर्घटना हुँदा दुई जना जना घाइते भएका छन् । घाइते हुनेमा शैल्यसिखर नगरपालिका दार्चुलाका गाडीधनी हरिदत्त जोशी र चालक २५ वर्षीय भुवन विष्ट रहेको प्रहरीले जनाएको छ । गाडीमा अन्य यात्रु थिएनन् । जीप दिउँसो ३ बजेतिर दुर्घटना भएको हो ।</p><p><img src="https://sajhasabal.com/wp-content/uploads/2024/10/a2d601667f62ee7eab73cdae34ed325b1655725300.jpg" style="width: 780px;"><br></p><p>घाइते दुवै जनाको गोकुलेश्वर अस्पतालमा उपचार भैरहेको छ । उनीहरूको अवस्था सामान्य रहेको गोकुलेश्वर प्रहरी चौकीका हवल्दार सन्जय धामीले बताए । जीप पज्युनयाँ बजारबाट गोकुलेश्वरतर्फ गइरहेको उनले बताए ।&nbsp;</p>