2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

ललितपुरको देउराली बहुद्देश्यीय सहकारी समस्यामा, ग्राहकलाई १० हजार फिर्ता गर्दै व्यवस्थापन

असार १६, काठमाडौं | ललितपुर सातदोबाटोस्थित देउराली बहुद्देश्यीय सहकारी संस्था बचतकर्तालाई समयमै बचत फिर्ता गर्न नसक्दा समस्यामा परेको छ । पछिल्ला दिनमा बचत फिर्ताका लागि भीड बढेपछि सहकारीले बचत फिर्ता गर्न नसकेको हो ।

हरेक दिन सहकारी कार्यालयमा पैसा लिन आउनेको भीड देखिने गरेकाे छ । जावलाखेलमा पसल व्यावसाय गर्दै आएका भारत घर भएका  बचतकर्ता राकेश चौधरीले टोकन लिएर मात्रै पैसा निकाल्न पाउने सहकारीले नियम लगाएकोे बताए  । उनले भने, ‘गत सोमबारसम्म टोकन बाँडिएको थियो । अहिले बन्द छ । अब टोकन लिनेले २८ असार मात्रै पैसा पाउँछ ।’

सहकारीबाट टोकन लिएकालाई मात्रै कार्यालय प्रवेश गर्न दिएको छ । आर्थिक वर्षको अन्तिम भएकाले सबै ठाउँमा आर्थिक दबाब रहेको बताउँदै सहकारीले साउनको पहिलो साताबाट कारोबार सुचारु गर्ने बताएको छ । 

सहकारीका अध्यक्ष रवीन्द्र चौलागाईले एकैपल्ट ४० लाख रुपैयाँ बचतकर्ताको फिर्ता गर्नुपरेकाले अप्ठ्यारो परेको स्वीकार गरे । उनले भने, ‘हामी भागेका छैनौं । कार्यालय खोलेरै काम गरिरहेका छौं । विस्तारै पैसा फिर्ता गछौं । अहिले पनि दैनिक ३० लाखभन्दा धेरै बचत फिर्ता गरिरहेका छौं ।’

उनका अनुसार बजार प्रतिनिधि अहिले पनि ग्राहकसामु पुगिरहेका छन् । बजारबाट बचत राख्न कर गरिएको छैन, तर ऋण उठाउन भने सहकारीले जोडबल गरिरहेको छ ।

सहकारी कार्यालयमा भेटिएका एक बचतकर्ताले नाम नबताउने सर्तमा आफूले ४० लाख बचत गरेको बताए । उनले भने, ‘हरेक दिन १० हजार बचत फिर्ता गर्ने रे । दिन दिनैटोकन पाइँदैन । मलाई पैसा फिर्ता दिन दुई चार वर्ष लाग्ने भो ।’

पछिल्लो संकट टार्न अध्यक्ष चौलागाई लागेको एक कर्मचारीले बताए । उनले भने, ‘हरेक दिन छलफल र समस्या समाधानका लागि प्रयास भइरहेको छ ।‘ गएको असार पहिलो साता पैसा फिर्ता माग्न आउने हजारको भीड अहिले सयमा झरेको ती कर्मचारीले बताए ।

पछिल्लो समय आफ्नो सबै पैसा फिर्ता माग्न आउने बचतकर्ताको दबाबले सहकारीलाई झन् अप्ठेराे परेको चौलागाई बताउँछन् । भन्छन्, ‘सबैले धर्य गरेर हाम्रो काम र हाम्रो व्यवहार हेरेर विश्वास गरेमा समस्या सुल्याउन सजिलो हुन्छ ।’ सहकारीले सातदोबाटो, नयाँ सडक र सूर्यविनायकमा शाखा कार्यालयमार्फत काराेबार गरिरहेको छ ।

 

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते