केएमसी स्कुलभित्र कर्मचारीको मृत्युले तनाव, डिजिटल बोर्ड तोडफोड

साझासवाल
1 Min Read

असार १९, काठमाडौँ | स्कुलभित्रै कर्मचारीको मृत्यु भएको विषयलाई लिएर काठमाडौंको बुद्धनगरस्थित केएमसी स्कुलमा तनाव भएको छ ।

आक्रोशित समूहले स्कुलमा तोडफोड गरेको छ । ढुंगा प्रहारबाट स्कुलको डिजिटल बोर्डमा क्षति पुगेको छ । स्थिति नियन्त्रणमा लिन उल्लेख्या संख्यामा प्रहरी खटाइएको छ ।

काभ्रेको तेमाल गाउँपालिका स्थायी घर भएकी २१ वर्षीया रमा रायमाझी स्कुलको गर्ल्स होस्टेलमा झुण्डिएको अवस्थामा शनिबार बेलुका मृत फेला परेकी थिइन् । डेढ वर्षदेखि कार्यरत उनको हत्या भएको दाबी आफन्तले गर्दै आएका छन् । उनीहरुले शव उठाउन पनि दिएका छैनन् ।

घटनाबारे जानकारी पाएलगत्तै स्कुलमा भेला भएका आफन्त र प्रहरीबीच पनि केहीबेर तनावको स्थिति सिर्जना भएको थियो । गएराति नै त्रिवि शिक्षण अस्पताल महाराजगञ्जका फरेन्सिक विशेषज्ञ गोपाल चौधरीसहितको टोली पनि स्कुल पुगेको थियो ।

काठमाडौं प्रहरी परिसरका एसपी दिनेशराज मैनालीले घटनाको अनुसन्धान भइरहेको जानकारी दिए ।

Leave a Comment

Leave a Reply