<p><b>असार २१, काठमाडौँ | </b>काठमाडौं महानगरपालिका-१६ बालाजु पुल वारी सडकमा बा ०२-०२३ प ३७७५ नम्बरको मोटरसाइकल अनियन्त्रित भई खोलाको छेउको रेलिङमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ । <br></p><p>आज बिहान भएको दुर्घटनामा चालक काठमाडौं लोलाङ बस्ने २२ वर्षीय सविन परियारको मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएका उनको पिपुल्स अस्पताल नयाँ बजारमा उपचारको क्रममा मृत्यु भएको हो । </p><p>दुर्घटनामा घाइते भएका मोटरसाइकलमा सवार एक जनाको सोही अस्पतालमा उपचार भइरहेको छ । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान भइरहेको जनाएको छ । </p>
July 5, 2022
काठमाडौँ - KTM, समाज
बालाजुमा मोटरसाइकल दुर्घटना, एक जनाको मृत्यु
By साझासवाल
2 मिनेट पढाइ










