Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

रेष्टुराँ सञ्चालकलाई एक करोड बढीको आय कर र भ्याट छली मुद्दा

By साझासवाल

साउन २०, काठमाडौँ | राजस्व अनुसन्धान विभागले बुटवलको  साझा रेष्टुराँका सञ्चालकलाई आय कर र भ्याट छलि आरोपमा मुद्दा दायर गरेको छ । राजस्व अनुसन्धान कार्यालय बुटवलले उच्च अदालत तुलसीपुरमा रुपन्देहीको साझा रेष्टुराँ सञ्चालकविरुद्ध शुक्रबार मुद्दा दायर गरेको हो ।

रेष्टुराँका सञ्चालकद्वय प्रकाश यादव र विष्णु यादवले राजश्व चुहावट गरेको विभागको विज्ञप्तिमा उल्लेख छ ।

‘आरोपीहरुले आफ्नो र्फमका सम्पूर्ण कारोबार अनुसारको विवरण पेश नगरी, मूल्य अभिवृद्धि करमा दर्ता भई कारोबार गर्नु पर्नेमा सो नगरी, भ्याट दाखिला गर्नुपर्नेमा सो नगरी कारोबार समेत लुकाई कारोबारबाट प्राप्त रकममध्ये केही रकम आधिकारिक कारोबारमा समावेश गर्ने तर, ठूलो परिमाणको विक्रीलाई कारोबार भन्दा बाहिर राखी आयकर तथा मूल्य अभिवृद्धि कर छली गरी राजस्व चुहावट गरेको पाइयो,’ विभागले विज्ञप्तिमा भनेको छ, ‘उनीहरुले ५१ लाख ४१ हजार आयकर र मूल्य अभिवृद्धि करतर्फको ५६ लाख ९४ हजार रुपैयाँ गरी एक करोड ८ लाख बिगो कामयम गरिएको छ ।’

विभागले उनीहरुलाई हदैसम्मको कैद र ब्याज समेत असूल गर्न र मोटरसाइकल जफत गर्न पनि अदालतमा मागदाबी गरेको छ ।