२०८३, ५ जेष्ठ मंगलवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

कर्मचारीको तलब बढाउन आयोग गठनको तयारी

२०७९, २१ श्रावण शनिबार ०६:२३

साउन २१, काठमाडौं | सरकारले सबै राष्ट्रसेवक कर्मचारीको तलब सुविधा पुनरवलोकन गर्न उच्च स्तरीय तलब आयोग गठन गर्ने तयारी गरेको छ। राज्यको स्रोत र साधनलाई ध्यानमा राख्दै समय सापेक्ष रूपमा कर्मचारीको तलब वृद्धि गर्ने उद्देश्यसहित सरकारले उच्च स्तरीय तलब आयोग गठन गर्न लागेको हो । सरकारले चालू आर्थिक वर्षको बजेटमा उच्च स्तरीय तलब आयोग गठन गर्ने घोषणा गरेको थियो । सोही घोषणा कार्यान्वयन गर्न सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले आयोग गठनका लागि प्रारम्भिक गृहकार्य थालेको छ।

मन्त्रालयका सहसचिव नारायणप्रसाद अर्यालले कर्मचारीको तलब वृद्धिलाई व्यवस्थित, प्रभावकारी र समय सापेक्ष बनाउने उद्देश्यले उच्च स्तरीय तलब आयोग गठन गर्न मन्त्रालयले प्रारम्भिक छलफल गरेको बताए। अहिले मुख्य सचिवको अध्यक्षतामा तलब पुनरवलोकन समिति रहेको र उक्त समितिको सिफारिसका आधारमा सरकारले कर्मचारीको तलब भत्ता वृद्धि गर्दै आएको छ। उच्च स्तरीय तलब आयोग बनेपछि भने आयोगको सिफारिसमा मात्र सरकारले कर्मचारीको तलब वृद्धि गर्नेछ। आजको गोरखापत्र दैनिकमा समाचार छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
विद्यादेवी भण्डारीलाई पार्टी सदस्यता दिने एमालेको निर्णय घुस लिएको अभियोगमा नायब सुब्बाविरुद्ध मुद्दा दायर नेप्सेमा सामान्य गिरावट स्कटल्यान्डविरुद्ध नेपाल ६ विकेटले विजयी एमाले सचिवालय बैठक जारी सुनको मूल्य बढ्यो नेपाललाई स्कटल्याण्डले दियो १९५ रनको सामान्य लक्ष्य वायु प्रदर्शनका कारण धेरैजना क्यान्सर पीडित भएका छन् : इन्दिरा राना मगर दोश्रो राष्ट्रिय कुलिनरि प्रतियोगिताको उपाधि आरोमा हस्पिटालिटि बुटवललाई मोटरसाइकल दुर्घटनामा परी एक युवकको मृत्यु म पार्टी विभाजनको बाटोमा जान हुन्न भन्दै आइरहेको छु: पूर्णबहादुर खड्का प्रधानमन्त्री कार्यालयको नाम लिएर फोन गरी धम्की दिने १ जना पक्राउ अमेरिकामाथि नेपालको सानदार जित वीरगञ्ज भन्सारबाट १० महिनामा झन्डै दुई खर्ब रुपैयाँ राजस्व संकलन दुल्लुका वडा सचिवलाई धम्की दिनेलाई तत्काल कारबाही गर्न प्रधानमन्त्री कार्यालयको निर्देशन सुन्धारा कारागारबाट महिला कैदी फरार काठमाडौँ उपत्यकाभित्र सञ्चालनमा रहेका विभिन्न कन्सल्टेन्सीमा प्रहरीको छापा, ६९ सञ्चालक पक्राउ नेपालविरुद्ध पहिले ब्याटिङ गर्दै अमेरिका ५६ लाखको अवैध भेपसहित सात जना पक्राउ ट्राफिक कारबाहीमा एकै दिन २० लाख ३९ हजार राजस्व सङ्कलन