2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

वैदेशिक रोजगार तालिममा लगानी गर्ने ५ अर्ब ३५ करोड रकम बैंकमा थन्कियो, लाखौं कामदार विना तालिम खाडीमा

साउन २२, काठमाडौँ | वैदेशिक रोजगार ऐनमा वैदेशिक रोजगारीमा जानेहरुलाई सीपमूलक तालिम उपलब्ध गर्नुपर्ने व्यवस्था गरेको छ । 

विना तालिम गएकाहरुले खाडी राष्ट्र र मलेसिया पुगेपछि धेरै दुःख पाएपछि यस्तो तालिमको व्यवस्था गरिएको हो । आवश्यक सीपमूलक तालिम नपाउँदा केहीले त वैदेशिक रोगजागरीको सिलसिलामा ज्यानै समेत गुमाउने गरेका छन् । 


सीपमूलक तालिम नलिई वैदेशिक रोजगारीमा जानहरुले गन्तव्य मुलुकमा पुगेपछि अलपत्र परेको घटना दिनदिनै बाहिर आउने गर्छन् । 

यस्तै समस्याहरु सम्बोधन गर्न सरकारले वैदेशिक रोजगार ऐन, २०६४ को दफा ३३(१) मा वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम प्रदान गर्ने र त्यसको लागि वैदेशिक रोजगार कल्याणकारी कोषको प्रयोग गर्ने व्यवस्था गरेको थियो । 

तर, उक्त ऐनको कार्यान्वयन राम्रोसँग हुन सकेको छैन । कामदारहरुलाई विना सीपमूलक तालिम वैदेशिक रोजगारीमा पठाउने गरिएको छ । वैदेशिक रोजगारीमा जानुअघि तालिम दिनलाई समेत छुट्टयाइएको ५ अर्ब ३५ करोड रुपैयाँ लामो सयमदेखि बैंक खातामा थन्किएर बसेको छ । 

महालेखापरीक्षकको कार्यालयले केही दिनअघि सार्वजनिक गरेको आफ्नो ५९औं वार्षिक प्रतिवेदनमा समेत वैदेशिक रोजगारमा जाने कामदारलाई सीपमूलक तालिम नदिइएको कुरालाई गम्भिरताका साथ उठाइएको छ । 

‘वैदेशिक रोजगारमा जाने कामदारमध्ये ०.४३ प्रतिशतले मात्र सीपमूलक तालिम लिएका छन् । वैदेशिक रोजगार बोर्डले वैदेशिक रोजगारीमा जाने कामदारको तालिमसमेतमा उपयोग गर्नुपर्ने ५ अर्ब ३५ करोड रुपैयाँ मुद्दती खातामा निस्क्रिय राखेको छ,’ महालेखाले प्रतिवेदनमा भनेको छ । 

वैदेशिक रोजगार विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ देखि २०७७/७८ सम्मको तीन वर्षको अवधिमा १० लाख ४४ हजार नेपाली कामदार वैदेशिक रोजगारको सिलसिलामा विभिन्न देश पुगेका छन् । यीमध्ये ४ हजार ८१८ जनालाई मात्र सीपमूलक तालिम प्रदान गरिएको थियो । अर्थात ०.४३ प्रतिशतले मात्र उक्त तालिम लिएको देखिन्छ । 

विभागका अनुसार आर्थिक वर्ष २०७५/७६ मा ५ लाख ९ हजार वैदेशिक रोजगारीमा जाँदा ११० जना, २०७६/७७ मा ३ लाख ६८ हजार वैदेशिक रोजगारीमा जाँदा १ हजार ११८ र २०७७/७८ मा १ लाख ६७ हजार वैदेशिक रोजगारीमा जाँदा ३ हजार २९० जनाले मात्र सीपमूलक तालिम प्राप्त गरेका थिए । 

‘सीपमूलक तालिम लिई दक्ष जनशक्ति वैदेशिक रोजगारीमा पठाई विप्रेषण लगायत अन्य लाभ अभिवृद्धिका लागि कोषको रकम परिचालन गर्नु उपयुक्त हुने देखिन्छ,’ महालेखापरीक्षकको  कार्यालयले भनेको छ । 

वैदेशिक रोजगारीमा जानेहरु दक्ष भएका कारण सीपमूलक तालिम नदिइएको होइन । यसलाई कार्यन्वयन गर्ने नियका वैदेशिक रोजगार प्रवद्र्धन बोर्ड र वैदेशिक रोजगार विभागको उदासिनताको कारण यस्तो भएको हो । 

विभागको तथ्याङक अनुसार आर्थिक वर्ष २०७५/७६ मा वैदेशिक रोजगारीमा जानेमध्ये २ लाख ८५ हजार ४४५ जना कामदार अदक्ष रहेका थिए । अर्थात उनीहरुसँग कुनै सीप थिएन । आर्थिक वर्ष २०७७/७८ मा यस्तो संख्या १ लाख ६६ हजार ६९८ रहेको छ । 

प्रत्येक वर्ष वैदेशिक रोजगारीमा जानेमध्ये आधाभन्दा बढी अदक्ष कामदार हुने गरेका छन्, जसलाई जानुअघि सीपमूलक तालिमको आवश्यकता सबैभन्दा बढी हुनेगर्छ । 

वैदेशिक रोजगारीमा जानेहरुको लागि सीपमूलक तालिम दिन वैदेशिक रोजगारमूलक सीप विकास तालिम सञ्चालन कार्यविधि, २०७५ ल्याइएको थियो । कार्यविधमिा एक महिना, एक महिनाभन्दा बढी, तीन महिनाभन्दा कम र तीन महिनाभन्दा बढीको गरी चाल प्रकारको सीपमूलक तामिलको व्यवस्था गरिएको छ ।

सीपमूलक तालिम लिनेहरुलाई मात्र वैदेशिक रोजगारीमा जान श्रम स्वीकृति दिने कुरा कार्यविधिमा उल्लेख छ । तर वैदेशिक रोजगारीमा जानेहरु अधिकांश यस्तो तालिम नलिनेहरु छन् । 



प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक