Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

राजनीति अनसन बस्न भन्दै सर्वोच्च अगाडि पुगेपछि पक्राउ परिन् निहारिका राजुपत

By साझासवाल

साउन २२, काठमाडौँ | तीन दिनदेखि आमरण अनशन सुरू गरेकी निहारिका राजपूत न्याय माग्दै सर्वोच्च पुग्दा प्रहरीले नियन्त्रणमा लिएको छ । वसन्तपुरमा अनशन बसिरहेकी निहारिका आफ्नो माग सुनुवाइ नभएको भन्दै सर्वोच्च परिसर आएकी थिइन् । उनलाई सर्वोच्च अगाडिबाट नै प्रहरीले नियन्त्रणमा लिएको हो । बच्चासहित निहारिकालाई सिंहदरबार वृत्तमा लगिएको छ ।

‘कुमारी आमा’को रूपमा चिनिएकी उनी आफूसँग भएको सम्झौता कार्यान्वयनको माग गर्दै आमरण अनशनमा बसेकी हुन् । दुई वर्षको बच्चासहित आमरण अनशनमा बसेकी निहारिका आफ्नो माग सुनुवाइ नभएको भन्दै सर्वोच्च परिसर पुगेकी थिइन् ।

आफूलाई एक व्यक्तिले बलात्कार गरेको त्यसपछि बच्चाको जन्म भएको निहारिकाले दाबी गर्दै आएकी छन्। जिल्ला अदालतले दोषीलाई सफाई दिएपछि उनी आन्दोलन गर्दै आएकी छन्। उनले आरोपी र बच्चाको डीएनए जाँच गर्नुपर्ने भन्दै माग गरेकी छन्। जिल्लाका फैसलाविरुद्ध उनले उच्च अदालत जनकपुरमा पुनरावेदनसमेत गरेकी छन्।