Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

साढे दुई महिनामा कर्णालीका १० जिल्लामा थपिए ३० हजार मतदाता

By साझासवाल

साउन २२, सुर्खेत | कर्णाली प्रदेशमा करिब ३० हजार मतदाता थपिएको निर्वाचन आयोगले जनाएको छ । सरकारले आगामी ४ मंसिर प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनको मिति तोकिसकेको छ । कर्णालीका १० वटै जिल्लामा गरी करिब ३० हजार नयाँ मतदाता थपिएका हुन् ।

प्रदेशमा ३० वैशाख ०७९ भएको स्थानीय तहको निर्वाचनमा नाै लाख आठ हजार ६ सय ३१ जना मतदाता थियो । निर्वाचन आयोगका अनुसार तिमध्ये महिला मतदाता चार लाख ४९ हजार ३० रहदा पुरुष मतदाता चार लाख ५९ हजार ६ सय एक थिए ।  गत निर्वाचनयता कर्णालीका सबै जिल्लामा मतदाताको संख्या उल्लेख्य रूपमा बढेको छ ।असार र साउनमा मात्रै प्रदेशमा नाै हजार दुई सय ४५ मतदाता थपिएको प्रदेश निर्वाचन कार्यालयका निर्वाचन अधिकारी दुर्गाप्रसाद चालिसेले कर्णाली रैबारलाई जानकारी दिए ।

पाँच जिल्लामा १७ हजार ६ सय ३३ जना मतदाता थपिएका छन् भने अन्य पाँच जिल्लाको तथ्याङ्क संकलन भइरहेको जिल्ला निर्वाचन कार्यालयहरूले जनाएका छन् । गत वैशाखमा भएको निर्वाचमा सुुर्खेतमा दुई लाख १८ हजार ४३ मतदाता थिए ।  सल्यानमा गएको निर्वाचनमा एक लाख ४० हजार ६ सय ६७ रहेकोमा त्यसयता, जिल्लामा २५ सय मतदाता थपीएको जिल्ला निर्वाचन आयोग कार्यालय सल्यानले गरेको छ ।

यसअघि स्थानीय तहको निर्वाचनमा जाजरकोटमा एक लाख तीन हजार आठ सय ६९ मतदाता रहेकोमा, त्यसयता थप जिल्लामा १२ सय ८८ मतदाता थपिएका जिल्ला निर्वाचन कार्यालय जाजरकोटका निर्वाचन अधिकारी नृपराज उपाध्यायले बताए । वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा जुम्लामा ६७ हजार सात सय ४४ रहेकोमा त्यसमा थप तीन हजार मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय जुम्लाले जनाएको छ ।

डोल्पामा यसअघि स्थानीय तहको निर्वाचनमा २२ हजार चार सय ४० मतदाता रहेकोमा दुई महिनामा डोल्पामा चार सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालयका डोल्पाका निमित प्रमुख अधिकारी सुमन राईले चार सय मतदाता बताए ।

यस्तै, मुगुमा पनि यसअघि स्थानीय तहको निर्वाचनमा ३५ हजार ९९ मतदाता रहेकोमा अहिले थप १२ सय मतदाता थपिने जिल्ला निर्वाचन कार्यालय मुगुले आकंलन गरेको निर्वाचन अधिकारी विष्णुप्रसाद न्यौपाने बताए ।