साउन २५, काठमाडौँ | काठमाडौंको बालाजुस्थित औद्योगिक क्षेत्रमा बुधबार आगलागी भएको छ ।

बालाजु औद्योगिक क्षेत्रको एक जुत्ता फ्याक्ट्रीमा आगलागी भएको खबर आएको प्रहरीले जनाएको छ । त्यसतर्फ दमकल पठाइएको छ ।

महानगरीय प्रहरी परिसर काठमाडौंका एसपी दिनेश मैनालीले आगलागी भएको क्षेत्र ‘मनिटरिङ’ गरिरहेको बताए ।“आगलागीको खबर आएको छ । कुन क्षेत्रमा हो भन्नेबारे मनिटरिङ भइरहेको छ,” उनले भने ।घटनाको विस्तृत विवरण आउन बाँकी छ ।

August 10, 2022
काठमाडौँ - KTM, समाज
बालाजु औद्योगिक क्षेत्रमा आगलागी
By साझासवाल
2 मिनेट पढाइ