साउन २७, काठमाडौं | आज परम्परागत सांस्कृतिक पर्व गाईजात्रा परेकोे छ । प्रत्येक वर्ष भाद्र कृष्ण प्रतिपदादेखि अष्टमीसम्म आठ दिन मनाइने यो पर्व मनाइन्छ ।

काठमाडौं उपत्यकामा आफ्ना मृत पितृको सम्झनामा गाई वा मानिसलाई गाईका रूपमा सिँगारी परिक्रमा गराउने गरिन्छ । अन्न र द्रव्य दान गरिन्छ ।

यसरी नगरपरिक्रमा गर्नाले वर्षभरि मृत्यु भएका व्यक्तिहरू गाईको पुच्छर समाई वैतरणी पार हुन्छन् भन्ने धार्मिक विश्वास छ । गाइजात्रा तत्कालीन राजा प्रताप मल्लले पालाबाट सुरु भएको हो ।

पछिल्ला वर्षमा गाईजात्राका दिन देशभरका नेवार समुदायलाई बिदा दिने गरिएको छ । तर, यो वर्ष आज नै रक्षाबन्धन पनि रहेकाले देशभर सार्वजनिक बिदा छ ।

August 12, 2022
काठमाडौँ - KTM, समाज
आज गाईजात्रा !
By साझासवाल
2 मिनेट पढाइ