पढ्न करिब 2 मिनेट लाग्छ

भदौ ४, काठमाडौं | मनसुनको न्यून चापीय रेखा नेपाल नजिक आएकाले अब एक/दुई दिन वर्षाको मात्रा केही बढ्ने अनुमान मौसमविद्ले गरेका छन्।

मौसम पूर्वानुमान महाशाखाका मौसमविद् हीरा भट्टराईका अनुसार अहिले मनसुनको न्यून चापीय रेखा देशको पश्चिमतिर सरदर स्थानभन्दा उत्तर र पूर्वतिर सरदर स्थानमा छ। न्यून चापीय रेखा सरदर स्थानभन्दा जति उत्तर भयो उति पानी पर्ने सम्भावना बढ्छ।

यस हिसाबले मनसुनको न्यून चापीय रेखा अहिले पश्चिमतिर सरदर स्थानभन्दा उत्तर रहेकाले नेपाल नजिक भएको छ। त्यसैले हिजो/ अस्तिभन्दा अब पश्चिमतिर राम्रोसँग वर्षा हुने मौसमविद् भट्टराईले जानकारी दिए।

उनका अनुसार बंगालको खाडी नजिकै न्यून चापीय क्षेत्र बनेको छ, जसको वरिपरि बादल विकास भएको छ। त्यसको प्रभाव काठमाडौंदेखि पूर्वका क्षेत्रमा परिरहेको छ। आज काठमाडौंमा पनि वर्षा हुने सम्भावना रहेको मौसमविद् भट्टराईले जानकारी दिए।

मौसम पूर्वानुमान महाशाखाले शनिबार बिहान ६ बजे जारी गरेको मौसम पूर्वानुमान बुलेटिनअनुसार दिउँसो बागमती, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना छ।

यसैगरी राति पनि बागमती,गण्डकी र लुम्बिनी प्रदेशका थोरै तथा बाँकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको सम्भावना छ।

महाशाखाले आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श पनि जारी गरेको छ।

जसमा भनिएको छ : देशभर आंशिकदेखि सामान्य बदली रहनेछ। बागमती प्रदेश, गण्डकी प्रदेश, लुम्बिनी प्रदेश र सुदूरपश्चिम प्रदेशका केही स्थान र बाँकी प्रदेशका थोरै स्थानमा मेघगर्जन/चट्याङसहित हल्कादेखि मध्यम वर्षाको सम्भावना छ। गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका एक वा दुई स्थानमा मेघगर्जन/चट्याङसहित भारी वर्षाको समेत सम्भावना रहेकाले उक्त भूभागमा भूक्षय, पहिरो तथा गेग्रान बहावको जोखिम छ। साथै नदी नाला तथा खहरे खोलाहरूमा पानीको सतह हल्का बढ्न सक्ने र दैनिक जनजीवन/यातायात क्षेत्रसमेत प्रभावित हुन सक्ने भएकाले आवश्यक सतर्कता अपनाउन हुन अनुरोध छ।