Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

फलफूल तथा तरकारीको मूल्य : सबैभन्दा सस्तो सेतो मुला, महंगो किवी

By साझासवाल 3 मिनेट पढाइ

भदौ ७, काठमाडौँ | कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारका लागि तोकेको फलफूल तथा तरकारीको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार काठमाडौँको तरकारी बजारमा करिब १७ रुपैयाँ ५० पैसादेखि ५७५ रुपैयाँसम्मका तरकारी र फलफूल पाइने भएको छ ।

समितिले सार्वजनिक गरेको मूल्य बमोजिम सबैभन्दा सस्तो सेतो मूला प्रतिकेजी १७ रुपैयाँ ५० पैसा र सबैभन्दा महंगो किवी ५७५ रुपैयाँ तोकेको छ ।

त्यस्तै, ठूलो गोलभेडाको औसत मूल्य प्रतिकेजी ४२ रुपैयाँ ५० पैसा, भारतीय गोलभेडाको ५५ रुपैयाँ, लोकल सानो गोलभेडा २७ रुपैयाँ ५० पैसा, टनेल गोलभेडा ३२ रुपैयाँ ८० पैसा, मुडेको आलु ५४ रुपैयाँ ६० पैसा, सेतो आलु ५१ रुपैयाँ र सुकेको प्याज ३९ रुपैयाँ रहेको छ ।

त्यस्तै, लोकल गाजर प्रतिकेजी १३५ रुपैयाँ, तराई गाजर ७६ रुपैयाँ ६७ पैसा, लोकल बन्दा र घिरौला ३५ रुपैयाँ, पाकेको फर्सी ४५ रुपैयाँ, हरियो डल्लो फर्सी ५५ रुपैयाँ, भण्डिी ४५ रुपैयाँ, रायोको साग ११० रुपैयाँ, कन्य च्याउ २२५ रुपैयाँ र डल्ले च्याउ ३२५ रुपैयाँ रहेको छ ।

यसैगरी, कुरीलोको औसत मूल्य प्रतिकेजी ४५० रुपैयाँ, न्यूरो ११६ रुपैयाँ ६७ पैसा, इमली १४६ रुपैयाँ ६७ पैसा, तामा १२३ रुपैयाँ ३३ पैसा, कागती २१० रुपैयाँ, निबुवा ७५ रुपैयाँ, अम्बा १२५ रुपैयाँ, अमला ९० रुपैयाँ, अदुवा ७५ रुपैयाँ, आभोकाडो ५२५ रुपैयाँ, अकबरे खुर्सानी ११० रुपैयाँ, भेडे खुर्सानी ६५ रुपैयाँ, चाइनिज सुकेको लसुन १६५  र हरियो धनिया ४०० रुपैयाँसम्म पर्नेछ ।