Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

यू–१७ साफ : नेपाल र भारत भिड्दै

By साझासवाल 2 मिनेट पढाइ

पढ्न करिब 1 मिनेट लाग्छ
प्रकाशित:

भदौ २४, काठमाडौँ | नेपाली युवा टोलीले साफ यू–१७ च्याम्पियनसिपमा आज शुक्रबार चिरप्रतिद्वन्द्वी भारतविरुद्ध प्रतिस्पर्धा गर्दै छ ।

नेपाल र भारतबीचको विजेता टोली समूह ‘बी’को विजेता बन्नेछ । समूह ‘बी’बाट यसअघि नै नेपाल र भारतले सेमिफाइनलमा स्थान बनाइसकेका छन् । भुटान जितबिहीन बन्दै प्रतियोगिताबाट बाहिरिसकेको छ । नेपाल र भारतको समान तीन अंक छ ।

कोलम्बोको रेस कोर्स मैदानमा नेपालले भारतसँग नेपाली समयअनुसार दिउँसो ३ः४५ बजे प्रतिस्पर्धा गर्नेछ । आजै समूह ‘ए’मा श्रीलंका र माल्दिभ्सले प्रतिस्पर्धा गर्दैछन् । समूह ‘ए’बाट बंगलादेशले दुई खेल जित्दै समूह विजेताका रुपमा सेमिफाइनलमा स्थान बनाइसकेका छन् ।

माल्दिभ्स र श्रीलंकाबीचको नतिजाले समूह ‘ए’मा उपविजेताको टुंगो लगाउनेछ ।