Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

दसैँका लागि अग्रिम टिकट बुकिङ खुल्यो

By साझासवाल 3 मिनेट पढाइ

असोज १, काठमाडौँ | दशैँका लागि आजबाट सार्वजनिक सवारीसाधनको अग्रिम टिकट बुकिङ खुला भएको छ ।

सरकारले दसैँ, तिहार तथा छठ पर्व मनाउन घर जाने यात्रुका लागि आजदेखि सार्वजनिक यातायातमा अग्रिम टिकट बुकिङ खुला गरेको छ । यही भदौ २२ गते यातायात व्यवस्था विभागमा बसेको बैठकले असोज १ गतेदेखि लामो तथा मध्यम दूरीमा अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो ।

बैठकले यातायात व्यवसायीले अग्रिम टिकट बुकिङ गर्दा यथाशक्य अनलाइन बुकिङ गर्ने यात्रुलाई यातायात व्यवसायीले यथाशक्य छुट वा सहुलियतसमेत प्रदान गर्ने निर्णय गरेको छ।

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले आजदेखि लामो तथा मध्यम दूरीको बसको टिकट खुलेको जानकारी दिए ।

अनधिकृत काउन्टर र परिचयपत्र नभएका व्यक्तिद्वारा टिकट बिक्री गर्ने कार्यलाई पूर्णतया निरुत्साहित गर्ने, मुख्य सडकलाई मर्मतसम्भार गरी यातायात सञ्चालनलाई सहज बनाउन सम्बन्धित निकायसँग अनुरोध गरी पठाउने तथा दसैँका लागि आवश्यक सवारीसाधनको व्यवस्था यातायात व्यवसायीले गर्ने निर्णय गरिएको छ।