Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

श्रीमान् नभएको मौका पारी युवतीकै कोठामा गई बलात्कार !

By साझासवाल 2 मिनेट पढाइ

असोज २, झापा | झापामा १९ वर्षीया युवती बलात्कृत भएकी छन् ।

युवती बलात्कार अभियोगमा अर्जुनधारा नगरपालिका–७ स्थित मणी राईको ब्लक फ्याक्ट्रीमा काम गर्ने उदयपुर बेलका नगरपालिका–९ का ३२ वर्षीय मन्दिप पुरीलाई शनिबार प्रहरीले पक्राउ गरेको छ ।

ती युवतीलाई श्रीमान् नभएको मौका पारी युवतीकै कोठामा गई बिहीबार दिउँसो उनले बलात्कार गरेको प्रहरीले जनाएको छ ।

उक्त खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय अनारमनीबाट खटिएको प्रहरीले उनलाई पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।