<p><b>असोज २, काठमाडौँ | </b>काठमाडौंको फरक फरक दुई ठाउँमा आइतबार दुई वटा शव भेटिएको छ।<br></p><p>काठमाडौं महानगरपालिका-१४ बल्खु कुमारी क्लव नजिक बैधानी पाटीमा सोही महानगरपालिका-३१ बानेश्वर बस्ने ४७ वर्षीय बिकाश दाहाल आइतबार मृत अवस्थामा फेला परेका हुन्। यसैगरी काठमाडौं महानगरपालिका-९ सिनामंगल कार्गो गेट अगाडि सडकको पेटी नजिक दोलखा तामाकोशी गाउँपालिका-३ चाबोटे घर भई काठमाडौं महानगरपालिका-९ सिनामंगल बस्ने ३१ वर्षीय सुरज खड्का आइतबार मृत अवस्थामा फेला परेका छन्।</p><p>दुवै घटनाको अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।</p>
September 18, 2022
काठमाडौँ - KTM, समाज
काठमाडौंको बल्खु र सिनामंगलमा आइतबार दुई वटा शव भेटियो,अनुसन्धान गर्दै प्रहरी
By साझासवाल
2 मिनेट पढाइ










