Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डेंगु बिरामीको संख्या साढे १७ हजार नाघ्यो !

By साझासवाल 2 मिनेट पढाइ

असोज ४, काठमाडौं | नेपालमा डेंगु बिरामीको संख्या साढे १७ हजार नाघेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २०७९ साउनदेखि हालसम्म देशभर डेंगु बिरामीको संख्या १७ हजार ५९४ पुगेको छ ।

हालसम्म डेंगुका कारण २१ जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

देशका ७७ मध्ये ७५ जिल्लामा डेंगुका बिरामी भेटिएका छन् ।

२०६१ सालमा पहिलो पटक नेपालमा डेंगुको बिरामी देखिएका थिए । त्यसपछि नेपालमा प्रत्येक वर्ष डेंगु देखिएको छ ।

मन्त्रालयका अनुसार सबैभन्दा बडी डेंगुका बिरामी बागमती प्रदेशमा देखिएका छन् । बागमतीमा हालसम्म १२ हजार ९४७ जनामा डेंगु देखिएको छ ।

यस्तै, प्रदेश १ मा ५६०, मधेश प्रदेशमा २६१, गण्डकीमा ४०९, लुम्बिनीमा २ हजार ६४३, कर्णालीमा २०७ र सुदूरपश्चिम प्रदेशमा ५६७ जनामा डेंगु देखिएको मन्त्रालयले जनाएको छ ।