Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘ब्याकमेलिङ’ सहन नसकेर शिक्षकको हत्या, एक युवती पक्राउ

By साझासवाल 4 मिनेट पढाइ

पढ्न करिब 2 मिनेट लाग्छ
प्रकाशित:

असोज १०, ओखलढुंगा | शिक्षकको हत्या गरेर फरार २२ वर्षीया छलमाया धमलालाई प्रहरीले पक्राउ गरेको छ ।

प्रहरीले सिद्धिचरण नगरपालिका–८ स्थित सल्लेरीकी २२ वर्षीया छलमाया धमलालाई पक्राउ गरेको हो। उनीमाथि सप्तरी जिल्लाको विष्णुपुर गाउँपालिका–५ घर हाल चिसंखुगढी गाउँपालिका ४ लेखर्कस्थित कालिका आधारभूत विद्यालय शिक्षक ३३ वर्षीय दिपककुमार ठाकुरको हत्या गरेको आरोप लागेको छ।

कोठामा बस्दै आएका ठाकुर गत असोज ७ गते आफ्नै कोठामा सुतिरहेको अवस्थामा मृत फेला परेका थिए । प्रहरीका अनुसार ठाकुरलाई कुटपिट गरेर नाक, मुखबाट रगत आएको र घाँटीमा गम्छाले बाँधेर मुख थुनेको अवस्थामा फेला परेकाले हत्या भएको भन्ने तथ्य फेला पारेपछि अनुसन्धानका क्रममा घटनामा महिलाको संलग्नता पुष्टि हुने आधार भेटेपछि शनिबार साँझ आरोपित छलमायालाई घरबाटै पक्राउ गरिएको  प्रहरीले जानकारी दिए।

प्रहरीका अनुसार मृतक शिक्षक र धमला केही समयदेखि एकअर्काप्रति चिरपरित थिए । ठाकुरले बारम्बार उनीसँग अश्लिल म्यासेज गर्ने, कुराकानी गर्ने, परिवारका सदस्यलाई समेत निरन्तर अश्लिल सन्देश लेखेर पठाएर मानसिक तनाव दिने गरेको आरोपित युवतीको भनाइ छ। यही कारण उनीहरुको बीच विवाद बढेको र अन्तमा घटना हत्यासम्म पुगेको प्रहरीको अनुमान छ।

पक्राउ परेकी महिलाले समेत घटना आफैले घटाएको प्रहरी समक्ष स्वीकार गरेकी छन् । उक्त शिक्षकले आफूलाई विभिन्न ब्ल्याकमेल गर्न खोजेपछि आफूले शिक्षकको कोठामै गएर घटना घटाएको पक्राउ परेकी महिलाले बताएको प्रहरीले जानकारी दिए । उनीविरुद्ध कर्तव्य ज्यान मुद्दा दर्ता गरेर अनुसन्धान भइरहेको उनले बताए।