२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

गौतम धिमाललाई अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड

२०७९, १० आश्विन सोमबार ११:००

असोज १०, काठमाडौँ । नेपाली फोटोग्राफर गौतम धिमाल ‘अन्तर्राष्ट्रिय फोटोग्राफी अवार्ड (आईपीए) २०२२’ बाट सम्मानित हुने भएका छन् । आगामी २५ अक्टोबर, २०२२ मा अमेरिकाको न्युयोर्क शहरस्थित कार्नेगी हलको जाङ्केलमा उनलाई सम्मान गरिनेछ ।


यो अवार्डबाट सम्मानित हुने धिमाल पहिलो नेपाली फोटोग्राफर हुन् । यसअघिका अवार्ड समारोहमा नेपालमा खिचिएका तस्बिरहरूले अवार्ड पाए पनि ती तस्बिरहरू अन्तर्राष्ट्रिय फोटोग्राफरले खिचेका थिए । धिमाल लोकेशन नेपाल र गेहेन्द्र धिमाल फाउण्डेशनका अध्यक्षसमेत हुन् । 

धिमाललाई उनको परियोजना ‘हिमालयन फेसन एडभेन्चर’ को लागि विज्ञापन÷फेसनको व्यावसायिक श्रेणीमा तेस्रो पुरस्कार प्रदान गरिने भएको छ । अहिले १९औं वर्षमा आयोजना भईरहेको इन्टरनेशनल फोटोग्राफी अवार्ड (आईपीए) ले अवार्डका लागि हरेक वर्ष हजारौं तस्बिर सबमिशन प्राप्त गर्दछ ।

मुख्यतया, फेसन, विज्ञापन र प्रकृति र वन्यजन्तुको लागि आफ्नो फोटोग्राफी सीपको प्रयोग गर्ने उनी लामो समयदेखि नेपालमा छायांकन हुने विदेशी फिल्मका लागि लाइन प्रोड्युसरको रूपमा काम गरिरहेका छन् । हाल उनले स्वदेशी फिल्म निर्माणमा समेत पाइला चालेका छन् ।

उनले बीबीसी वान, फक्स, र डिस्नेसँगै रेड बुल, नेस्टी, कोकाकोला, पानासोनिक, भिक्स, निप्पन पेन्टस, सामसोनाइट, डोसान, किलगोगसलगायतका ब्राण्डसँग सहकार्य गरिसकेका छन् ।

अवार्ड आयोजकका अनुसार, व्यावसायिक विधाका १३ विजेताहरूले प्रत्येकले नगद पुरस्कार र न्यूयोर्क शहरमा लुसी अवार्ड्स गालामा भाग लिन दुईवटा टिकटहरू प्राप्त गर्नेछन् । अवार्डमा द इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक वर्ग), वर्षको खोज (गैर–व्यावसायिक वर्ग), इन्टरनेशनल फोटोग्राफर अफ द इयर (व्यावसायिक श्रेणी) को विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४ लाख १० हजार अमेरिकी डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

त्यस्तै, डिस्कभरी अफ द इयर (गैर–व्यवसायिक) विधाका विजेताले लुसी अवार्ड्स गालामा प्रदान गरिने लुसी ट्रफी र ४५ हजार डलर नगद पुरस्कार प्राप्त गर्नेछन् ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो