२०८३, २० बैशाख आईतवार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सवारी चालक अनुमतिपत्रका लागि ७० अंक ल्याए ‘ट्रायल पास’

२०७९, १३ आश्विन बिहीबार ०६:४३

असोज १३, सिरहा | यातायात व्यवस्था कार्यालय लाहान सिरहाले अब चालक अनुमतिपत्र लिन मात्र ७० प्रतिशत ल्यएपछि ट्राइल पास हुने व्यवस्था गरिएको छ ।  मोटरसाइकल,स्कुटर,कार,जिपका चालक अनुमतिपत्र लिने परीक्षार्थीले लिखितमा ६० प्रतिशत र ट्राइलमा ७० प्रतिशत ल्यएपछि पास हुने व्यवस्था गरिएको हो । 

गत शनिबार लहानको ट्रायल सेन्टरमा सवारी चालकको अनुमति पत्र प्राप्त गर्न ट्रायल परीक्षा दिने व्यक्तिहरूको लर्को थियो । ट्रायलमा कति फेल त कति पास भइरहेको थियो । तर, कार्यालयले ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि पहिलेको तुलनामा पासको हुनेको संख्यामा धेरै वृद्धि भएको यातायात व्यवस्था कार्यालय लाहान प्रमुख कुशेश्वर साहले बताए । ७० प्रतिशत ट्राइलको नयाँ परीक्षा प्रणाली लागू गरेपछि चालक अनुमतिपत्र लिनेहरूको संख्या ह्वातै बढेको उनकाे भनाइ छ । 

यो नयाँ प्रणाली लागू भइसकेपछि अनुमतिपत्र लिनेहरूका लागि यसले एउटा अवसरकै रूप दिएको र अब निर्धक्कताका साथ दुईपांग्रे र चारपांग्रे गाडीको अनुमतिपत्र आवेदन दिन कार्यालय प्रमुख साहले आग्रह गरेका छन् ।

पहिला मोटरसाइकलको पास हुने अनुपात २५ प्रतिशत रहेकोमा अहिले ६० प्रतिशत पुगिसकेको कार्यालयका कमप्युटर अपरेटर विजय दहालले बताए । त्यस्तै पुरानो व्यवस्थामा गाडीको १५ प्रतिशत रहेकोमा अहिले ३५ देखि ४० प्रतिशत पुगेको उनकाे भनाइ छ । उनले साइड लाइट बाल्न बिर्सिएको, हलुका लाइन छोएकोलाई कार्यविधिअनुसार पास गरिएको बताए ।

यातायात व्यवस्था विभागले १ जेठ ०७८ देखि लागू हुने गरी दुईपांग्रे र चारपांग्रे सवारी चालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा ७० अंक ल्याए पास हुने कार्यविधि पास गरेको थियो । विभागले प्रयोगात्मक परीक्षामा कुनै सामान्य गल्ती भए पनि फेल हुने अर्थात् १०० पूर्णांकमा १०० नै ल्याउनुपर्ने व्यवस्था हटाउँदै सामान्य त्रुटि भए पास हुने कार्यविधि बनाएको छ । 

एकपटक फर्म भरेपछि तीनपटकसम्म ट्रायल दिन सकिन्छ । पुरानो व्यवस्थाको तुलनामा पास हुनेको संख्या दोब्बरले बढेको सिरहाका परीक्षार्थी संजय सिंहले बताए । शनिबारदेखि लहानमा ट्रायल परीक्षामा ७० अंक ल्याए पास हुने सुरु भएको छ । पहिलो दिनमै सैयौँ व्यक्तिहरू पास भएका थिए ।

अंक घट्ने अवस्था 

– एकपटक अंकित रेखा छोएको ५ अंक

– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक

– टर्निङ इन्डिकेटर लाइट नबालेको १० अंक

– ट्राफिक संकेत पालना नगरेको १५ अंक

– एकपटक खुट्टाले भुइँमा टेकेको ५ अंक

– एकपटक सवारीको स्टार्ट बन्द भएमा ५ अंक

– सवारी चलाउनुपूर्व सवारीको ब्रेक, टायर र ऐनाहरू सामान्य निरीक्षण नगरेको ३ अंक

– हेलमेट लक नलगाई सवारी चलाएको ४ अंक

– अस्वाभाविक गतिमा वा असंयमित रूपमा सवारी चलाएको ३ अंक

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो