असोज २६, काठमाडौं। गोर्खा–२ मा प्रतिनिधिसभाका लागि स्वतन्त्र उम्मेदवारका रुपमा मनोनयन दर्ता गरेकी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिएकी छिन् । २३ असोजमा उम्मेदवारी दर्ता गरेपछि उत्पन्न प्राविधिक, व्यवहारिक र परिस्थितिजन्य अवस्थाको समीक्षा गर्दै उम्मेदवारी फिर्ता लिएको उनले जनाएकी छिन् । यसै क्षेत्रबाट सत्ता गठबन्धन दल माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ले उम्मेदवारी दिएका छन् ।

उनले उम्मेदवारी फिर्ता लिए पनि मतदाताको आफूप्रतिको विश्वास र भरोसा टुट्न नदिने बताएकी छिन् । उनले भनेकी छिन्, ‘यहाँहरूका फोन कल र सामाजिक सञ्जालमा आएका सन्देशहरूलाई मैले जवाफ दिन सकेको छैन । म यहाँहरूलाई पक्कै पनि सम्पर्क गर्ने छु । गोरखा–२ मा कांग्रेसका पार्टी पूर्व सभापतिहरू, केही पूर्व सांसदहरू तथा अन्य विभिन्न तह र तप्कामा रहनु भएका व्यक्तिहरूबाट प्राप्त हौसलाले मलाई थप जिम्मेवार बनाएको छ ।’

उनले यस्तो सामीप्य र सहकार्य आगामी दिनमा निरन्तर अघि बढ्ने प्रतिबद्धता जनाएकी छिन् । गोरखा–२ बाट माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पनि उम्मेदवारी दिएका छन् ।

October 12, 2022
काठमाडौँ - KTM, समाज
प्रचण्डकी प्रतिस्पर्धी डा. माधवी भट्टले उम्मेदवारी फिर्ता लिइन्
By साझासवाल
3 मिनेट पढाइ