असोज २७, काठमाडौं | धरान उपमहानगरपालिकाका मेयर हर्क साम्पाङ विरुद्द नगरबासी सडकमा उत्रिएका छन्। धरान ४, १३ र १४ का सर्वसाधारणले बिहीबार मेयर राईविरुद्द शिवधारा चोकमा आन्दोलन गरेका छन्।

मेयर राईले धरान- ४ को शिवजट्टाबाट खानेपानी ल्याउने तयारी गरेपछि त्यसको प्रतिकारमा तीनवटा वाडका बासिन्दा उत्रिएका हुन्। मेयर राइले जनश्रमदानबाट खानेपानी ल्याउन तयारी गरेपछि धरान ४, १३ र १४ का बासिन्दाले खानेपानी मुहान जाने बाटो शिवधारा पेट्रोल पम्पअगाडि अवरोध गरेका थिए । मेयर राइले तीन वडाका जनताले निजी लगानीमा पानी खाइरहेकामा यहाँका जनतालाई काकाकुल बनाउने उद्देश्यले मुहान मिचेर खानेपानी अन्यत्र लैजान लागेकाले आन्दोनमा उत्रनु परेको धरान १४ का स्थानीयले बताए । उनीहरुले मेयर राइले आफ्न समर्थकलाई उकासेर यहाँका जनतासँग मुढभेड गराउन खोजेको आरोप लगाए ।

मेयर राई दलबलसहित शिबजट्टाको पानी ल्याउन हिंडेपछि आन्दोलनकारीले शिवधारामा बाटो छेकेका थिए। दुईतर्फी झडप हुने देखिएपछि घटना स्थलमा नेपाल प्रहरी र सशस्त्र प्रहरी परिचालन गरिएको थियो ।

झडप हुने अवस्था आएपछि तत्काल प्रहरी परिचलन गरिएको इलाका प्रहरी कार्यालय धरानका डिएसपी वुद्ध श्रेष्ठले बताए । मेयर राईले उपमहानगरपालिकाबाट संस्थागत निर्णयबेगर आफूखुशी काम गर्दै हिंडेको भन्दै आन्दोलनकारीलाई धरान ४ का वडाअध्यक्ष धनबहादुर राई र १४ का कृष्ण भट्टराईलेसमेत साथ दिएका छन्।

मेयर साम्पाङलाई सर्वसाधारणले घेराउ गरी चर्को विरोध गरेपछि वार्ताद्वारा यसको समस्या समाधान गरिने र धरान ४, १३ र १४ का बासिन्दालाई अन्याय नगरिने आश्वासन दिएका छन्।

October 13, 2022
काठमाडौँ - KTM, समाज
धरानका मेयर हर्क साम्पाङविरुद्ध नगरबासी सडकमा
By साझासवाल
4 मिनेट पढाइ