Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार नराखे कारबाही

By साझासवाल 2 मिनेट पढाइ

<p><b>असोज २८, काठमाडौँ | </b>काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सवारी साधनको नम्बर प्लेट मापदण्डअनुसार राख्न आग्रह गरेको छ । सवारी तथा यातायात व्यवस्था ऐन २०४९ को अनुसूची २ को भाग १ साधारण नम्बर प्लेट द्रष्टव्य ३, र भाग २ इम्बोस्ड सवारी नम्बर प्लेटको हकमा द्रष्टव्य ५, अनुसारको नम्बर प्लेट राख्न अनुरोध गरेको हो ।&nbsp;</p><p>स्पष्ट देखिने र बुझिने गरी मापदण्ड अनुसारको नम्बर प्लेट बनाएर सवारी साधनको अगाडी र पछाडी नराखेमा सवारी तथा यातायात व्यवस्था ऐन २०४९ अनुसार कारबाही हुने कार्यालयले चेतावनी समेत दिएको छ । यस्तै ठुलो आवाज निकाल्दै दुईपांग्रे सवारी साधन चलाएको पाइएमा ट्राफिक प्रहरीले आवश्यक कारबाही गर्ने बताएको छ ।</p><p><img src="https://ratopatis.prixacdn.net/media/albums/vehicle_cHA5t6mUk2.jpg"><br></p>