Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

सन्दीपलाई थप दुई दिन थुनामा राख्न आदेश, तिहारपछि थुनछेक बहस हुने

By साझासवाल 5 मिनेट पढाइ

कात्तिक ६, काठमाडौँ |  १७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको आरोप लागेका निलम्बित क्रिकेटर सन्दीप लामिछानेलाई थप दुई दिन हिरासतमा राख्न काठमाडौं जिल्ला अदालतले अनुमति दिएको छ।

प्रहरीले आइतबार सन्दीपलाई म्याद थपका लागि अदालत लगेको थियो । थप दुई दिन थुनामा राख्न आदेश दिएको जिल्ला प्रहरी परिसरका प्रवक्ता एसपी दिनेशराज मैनालीले जानकारी दिए।

तिहारको भोलिपल्टदेखि थुनछेक बहस सुरु हुने भएको छ। अदालतले थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ।

१७ वर्षीया किशोरीले आफूमाथि सन्दीपले काठमाडौँको एक होटलको ३०५ नम्बर कोठामा लगेर पटक-पटक बलात्कार गरेको भन्दै प्रहरी वृत्त गौशालमा भदौ २१ गते किटानी जाहेरी दिएकी थिइन् । २० असोजमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट पक्राउ परेका उनीमाथि प्रहरीले २० असोजबाटै गणना हुने गरी पहिलोपटक गत २४ असोजमा सात दिनको म्याद थप गरेको थियो।

दोस्रोपटक २७ असोजमा पाँच दिनको म्याद थप गरेको थियो। गत बुधबार उनलाई थप चार दिन हिरासतमा राख्न अदालतले अनुमति दिएको थियो।

राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तानसमेत रहेका लामिछानेमाथि भदौ ५ गते काठमाडौंको एक होटलमा नाबालिगलाई पटक-पटक बलात्कार गरेको आरोप लागेको थियो।

भदौ ६ गते बिहान होटलबाट निस्केका उनी सोही दिन टी-२० खेल खेल्न केन्या गएका थिए। उनी त्यहीँबाट क्यारेबियन प्रिमियर लिग (सिपिएल) खेल्न वेष्ट इन्डिज गएका थिए।

उक्त लिग भइरहँदा काठमाडौंको प्रहरी वृत्त गौशालामा भदौ २१ गते उनीविरूद्ध जाहेरी परेको थियो। जाहेरी आएकै दिन प्रहरीले नाबालिगको स्वास्थ्य परीक्षण गराएको थियो। यस्तै उनी पुगेको काठमाडौंको होटलबाट सिसिटिभी फुटेज पनि प्रहरीले संकलन गरिसकेको छ। त्यसमा उनी करिब ७ घन्टा होटलमा बसेको देखिन्छ।

मुलुकी फौजदारी अपराधसंहिता अनुसार १६ वर्षदेखि १८ वर्ष उमेरसम्मका किशोरीलाई बलात्कार गर्नेलाई १० देखि १२ वर्षसम्म कैद सजाय हुने प्रावधानअनुसार १२ वर्षसम्मको कैद सजाय मागदावी हुनुपर्ने प्रहरीले प्रतिवेदनमा सुझाव रहेको जनाइएको छ।