Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

हिमआरोहणका लागि १२ सय ३८ लाई अनुमति, सबैभन्दा बढी अमेरिकी

By साझासवाल

कात्तिक ८, काठमाडौँ | शरद ऋतुमा हिमाल आरोहणका लागि पर्यटन विभागले १२ सय ३८ जनालाई अनुमति दिएको छ। विभागले देशका ४१ हिमाल आरोहण गर्न ७७ देशका आरोहीहरुलाई अनुमति दिएको हो।

हिमआरोहीहरुले सबैभन्दा बढी गोरखास्थित मनास्लु आरोहण गर्दैछन्। कात्तिक ६ गतेसम्म मनास्लु आरोहणका लागि ४०४ जनाले अनुमति पाएका छन्।

दोस्रोमा अमादब्लाम हिमाल रहेको छ। उक्त हिमालका लागि २६ टिमका ३३६ जनाले अनुमति पाएको विभागले जनाएको छ। त्यस्तै १०० भन्दा बढी अनुमति पाउने हिमालमा हिमलुङ रहेको छ। जसमा १५६ जनाले अनुमति पाएका छन्।

विश्वकै सर्वोच्च शिखर सगरमाथा आरोहणका लागि भने एकदमै कम अर्थात ५ जनाले मात्रै अनुमति लिएका छन्। बढी आरोहण अनुमति पाउने नागरिकमा अमेरिकाका ११५, फ्रान्सका १०८, बेलायातका १०३, जर्मनीका ७७, स्पेन ७५ले आरोहण अनुमति पाएका छन्।