२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सर्वोच्चको आदेशपछि धितोपत्र बोर्डले रोक्यो लाइसेन्स दिने प्रक्रिया

२०७९, १५ कार्तिक मंगलवार ०७:३४

कात्तिक १५,  काठमाडौँ | सर्वोच्च अदालतको अल्पकालीन अन्तरिम आदेशपछि नेपाल धितोपत्र बोर्डले लाइसेन्स वितरण प्रक्रिया स्थगित गरेको छ । नेपाल धितोपत्र बोर्डले धितोपत्र बजार सञ्चालक (स्टक एक्सचेञ्ज), वस्तु विनिमय बजार (कमोडिटी एक्सचेञ्ज) र धितोपत्र दलाल व्यवसायी (स्टक ब्रोकर) को लाइसेन्स प्रक्रिया तत्कालका लागि स्थगित भएको जनाएको छ ।

बोर्डले १५ कात्तिक मंगलबार एक सूचनाका प्रकाशित गर्दै बोर्डबाट अर्को निर्णय नहुँदासम्म लाइसेन्सका लागि आवेदन लिने र थप काम कारबाही नहुने जनाएको हो । बोर्डले २ असोजमा एउटा स्टक एक्सचेञ्ज, दुईवटा कमोडिटी एक्सचेञ्ज र स्टक ब्रोकरको लाइसेन्सका लागि आवेदन आह्वान गरेको थियो ।

३० दिनभित्र आवेदन दिनुपर्ने स्टक ब्रोरकका लागि ४५ वटा आवेदन परेको छ । स्टक एक्सचेञ्ज र कमोडिटी एक्सचेञ्जका लागि आवेदन दिनको ४५ दिनको अवधि रहेकोमा मंगलबार आवेदन दिने अन्तिम दिन रहेको थियो । तर, ४ कात्तिकमा सर्वोच्च अदालतले अल्पकालीन अन्तरिम आदेश जारी गर्दै लाइसेन्स प्रक्रिया रोक्न निर्देशन दिएपछि बोर्डले प्रक्रिया स्थागित गरेको हो ।


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो