कात्तिक १६, काठमाडौँ | बलात्कारको अभियोगमा पक्राउ परेका क्रिकेटर सन्दीप लामिछानेले आफूमाथि लागेको अभियोग झुटो भएको बताएका छन् । उजुरीकर्ता किशोरीले कसैको उक्साहटमा आफूमाथि अभियोग लगाएको उनको दाबी छ ।

१७ वर्षीया नाबालिगमाथि बलात्कार गरेको अभियोगमा जिल्ला सरकारी वकिल कार्यालयले जिल्ला अदालतमा बलात्कारको अभियोग दर्ता गरेपछि मंगलबार इजलाससमक्ष उनले आफूमाथि लागेको आरोप झुटो भएको बताए ।

जिल्ला अदालत, काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा भएको बयानका क्रममा सन्दीपले आफ्नो बचाउ गरेको उनका वकिलले जानकारी दिए । उनले इजलासमा पीडित भनिएकी युवतीको जन्मदर्ताको विषयसमेत उठाएका छन् । जन्मदर्ता कि नागरिकता प्रमाणपत्र केलाई आधार बनाएर मुद्दा दर्ता गरिने हो भन्ने विषयमा सन्दीपले बयानका क्रममा भनेका छन् । अब उनको मुद्दामा थुनछेक बहस भोलि बुधबारदेखि सुरु हुनेछ ।

१७ वर्षकी एक किशोरीले सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

काठमाडौंको गौशालास्थित एक होटलको कोठामा राखेर सन्दीपले आफूलाई बलात्कार गरेको आरोप ती किशोरीले लगाएकी थिइन् । अदालतले बुधबार थुनछेक बहसपछि साधारण तारेख वा धरौटीमा छाड्ने तथा पुर्पक्षका लागि थुनामा पठाउने भन्ने आदेश दिनेछ ।

१७ वर्षकी एक किशोरीले सन्दीप लामिछानेलाई बलात्कार अभियोगमा गत भदौ २१ गते प्रहरी वृत्त गौशालामा उजुरी गरेकी थिइन् । लामिछाने त्यतिबेला क्यारेबियन लिग क्रिकेट खेल्नका लागि बाहिर गएका थिए । प्रहरीमा उजुरी परेसँगै लामिछानेलाई पक्राउ गर्न अदालतसँग अनुमति लिएको थियो । तर, लामो समयसम्म लामिछाने नफर्किएपछि प्रहरीले इन्टरपोलमार्फत पक्राउ गरेर नेपाल ल्याउने तयारी गरिरहेका बेला दसैंको भोलिपल्ट नेपाल आएका थिए । उनलाई प्रहरीले विमानस्थलबाटै पक्राउ गरेको थियो ।

November 2, 2022
काठमाडौँ - KTM, समाज
इजलासमा सन्दीपको बयान : ‘मलाई कसैको उक्साहटमा फसाइयो’
By साझासवाल
5 मिनेट पढाइ