कात्तिक १६, काठमाडौँ | हिमालय एयरलाइन्सले कात्तिक १७ गते बिहिबारदेखि भैरहवास्थित गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट मलेसिया उडान गर्ने भएको छ ।

नेपाल नागरिक उड्यन प्राधिकरणले ८ दिनभित्र ८ वटा चार्टर उडानको अनुमति दिएको हो । प्राधिकरणका सहायक प्रवक्ता ज्ञानेन्द्र भुलले हिमालय एयरलाइन्सलाई बिहिबारदेखि उडान गर्न अनुमति दिइएको बताएका छन् ।

हिमालयले कात्तिक १७ गतेदेखि २४ गतेसम्म दैनिक एउटा उडान गर्ने प्राधिकरणले जनाएको छ । मलेसियासँग नेपाल सरकारले भैरहवाबाट व्यावसायिक उडान गर्ने सम्झौता नगरेसम्म उसले चार्टर कै अनुमति लिई मलेसिया उडान गर्नेछ ।

प्राधिकरणले हाल हिमालय एयरलाइन्सलाई काठमाडौंबाट सातामा १० वटा उडानको अनुमति दिएको छ । नेपाल वायुसेवा निगमले भने सातामा ५ वटा उडानको अनुमति पाएको छ ।

हिमालय एयरलाइन्स बिहिबारदेखि भैरहवाबाट मलेसिया उड्ने