२०८३, १९ बैशाख शनिबार

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

सन्दीप लामिछाने विरुद्धको मुद्दा हेर्दाहेर्दैमा

२०७९, १६ कार्तिक बुधबार ११:३६

कात्तिक १६, काठमाडौँ | क्रिकेटर सन्दीप लामिछाने विरुद्धको बलात्कार मुद्दा हेर्दाहेर्दैमा राखिएको छ। बुधबारबाट सुरु भएको थुनछेक बहस सकिएको छैन।

काठमाडौं जिल्ला अदालतका न्यायाधीश माधवप्रसाद घिमिरेको इजलासमा मुद्दा हेर्दाहेर्दैमा राखिएको हो ।  आजको बहसमा प्रतिवादी सन्दीपको तर्फबाट रोशनी पौडेल, मुरारी सापकोटासहित  वरिष्ठ अधिवक्ता शशि अधिकारी, सुनिता रेग्मी, अधिवक्ता शान्ति काफ्लेलगायतले बहस गरेका थिए । 

जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधव घिमिरेको इजलासमा भएको थुनछेक बहसमा आज सरकारी वकिलका तर्फबाट चार जनाले बहस गरे। उनीहरुले सन्दीपले बलात्कार गरेको दावी गरे।

पीडित किशोरीको बयान अनुसार त्यस राति सन्दीप उक्त होटलमा देखिएको, सिसी टिभी फुटेज लगायतबाट उक्त कुरा पुष्टि भएको र राति एउटै कोठामा बसेकोसम्म प्रतिवादीले स्वीकार गरिसकेको र अन्य घटना प्रमाण तथा बयानहरुका आधारमा  बलात्कार पुष्टि भएको दावी उनीहरुको थियो। 

सन्दीपको बयान सकियो, दिए यस्तो बयान ?

त्यसैगरी पीडित भनिएकी किशोरीहरुको तर्फबाट अन्य चार जना वकिलहरुले समेत बहस गरेका थिए। विभिन्न संस्थाहरुका तर्फबाट उनीहरुले बहस गरेका हुन्। उनीहरुले पनि प्रतिवादी लामिछानेले बलात्कार गरेको दावी गर्दै कानुन बमोजिम सजाय हुनुपर्ने मागदावी गरे। 

यता सन्दीपको तर्फबाट पनि दुई जना वकिलहरुले आज बहस गरेका थिए । उनीहरु लामिछानेमाथि लगाएको आरोप पुष्टि गर्ने कुनै प्रमाण नभएको भन्दै लामिछानेले सफाई पाउनुपर्ने दाबी गरे । 

सन्दीपको तर्फबाट आज बहस गरेका मुरारीप्रसाद सापकोटाले भने, ‘अभियोग पुष्टि हुने कुनै प्रमाणहरु पेस भएका छैनन्। मिथ्या आरोप लगाइएकाले हाम्रो पक्षले आरोपबाट सफाइ पाउनुपर्छ।’

सापकोटाका साथै रोशनी पौडेलले पनि लामिछानेको पक्षबाट बहस गरिन्। उनले पनि अभियोगमात्रै लगाइएको तर पुष्टि हुने कुनै आधारहरु नै भएकाले आफ्नो पक्ष निर्दोष रहेको उनको जिकिर थियो। फसाउने षडयन्त्रका साथ आरोप लगाइएको भन्दै उनले बहस गरिन्। 

यसका साथै उनीहरुले पीडित भनिएकी किशोरी नाबालिक रहेको भन्दै प्रमाण समेत इजलास समक्ष पेस गरेका छन। पीडित भनिएकी किशोरीको जन्मदर्ता, स्कुलमा भर्ना हुँदाका विवरणहरु, बसाइँ-सराइ कागजहरु पेस गरिएको अधिवक्ता सापकोटाले बताए। 

उनीहरुले पेस गरेको जन्मदर्ता तथा स्कुलको विवरण अनुसार पीडित भनिएकी किशोरीको जन्म मिति २०६१ असार १८ गते रहेको छ। उनीहरुले पेस गरेको उक्त विवरण अनुसार घटना भएको मितिमा किशोरीको उमेर १८ वर्ष पूरा भइसकेको हुन्छ। 

भोलि बिहीबार सन्दीपको पक्षबाट बहस गर्ने वकिलहरुको सूचीमा वरिष्ठ अधिवक्ता रमन श्रेष्ठ, लभप्रसाद मैनाली, कृष्णप्रसाद सापकोटा, सविता बराल भण्डारीलगायत छन्। 

हिजो मंगलबार सन्दीपले जिल्ला न्यायाधीश माधव घिमिरेको इजलासमा बयान दिएका थिए। बयानका क्रममा सन्दीपले पीडित भनिएकी किशोरीले कसैको उक्साहटमा आफूविरुद्ध उजुरी दिएको बताएका थिए। प्रहरीलाई पनि इन्कारी बयान दिएका सन्दीपले अदालतमा पनि उस्तै विषयलाई दोहोर्याएका हुन्। 

१७ वर्षीया किशोरीलाई बलात्कार गरेको आरोपमा पक्राउ परेका सन्दीपविरुद्ध अनुसन्धान सकिएपछि जिल्ला सरकारी वकिल कार्यालय काठमाडौंले सोमबार अदालतमा मुद्दा दायर गरेको थियो। 

सन्दीपविरुद्ध मुलुकी अपराध संहिता, २०७४ को  परिच्छेद १८ को करणीसम्बन्धी कसुरको दफा २१९ को उपदफा (३)को देहाय (घ) अन्तर्गतको कसुर गरेको अभियोग लगाइएको छ। 

दफा २१९ को उपदफा (३)को देहाय (घ) मा १६ वर्षभन्दा बढी १८ वर्षभन्दा कम उमेरकी महिलालाई करणी गरेमा १० देखि १२ वर्षसम्म कैद सजाय हुने व्यवस्था छ। सन्दीपविरुद्ध अधिकतम १२ वर्ष जेल सजायको मागदावी गरिएको हो।

पीडित किशोरीले प्रहरीसँगको बयानका क्रममा सन्दीपले आफूलाई काठमाडौं र भक्तपुरको नगरकोटसमेत पुर्याएको र फेरि फर्काएर काठमाडौं ल्याई एक होटलमा राखेर बलात्कार गरेको भन्दै पीडित युवतीले बताएकी छन् ।  

सन्दीपले आफूमाथि दुई पटक जबरजस्ती करणी गरेको पीडित युवतीले बयानमा उल्लेख गरेकी छन्। सन्दीपले भने प्रहरीसँगको बयानका क्रममा बलात्कारको आरोप अस्वीकार गरेका छन्। पीडित युवतीसँग होटलमा बसेको, तर बलात्कार नगरेको उनको दावी छ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
इजरायलका लागि जासुसी गरेको आरोपमा दुई जनालाई मृत्युदण्ड सबैलाई समेटेर लिएर जाने कुराको मैले थप त्यसमा काम गर्छु: गगन थापा सुकुम्बासीहरुको उचित व्यवस्थापन नगरी जवरजस्ती हटाउने काम गरिएको भन्दै माइतीघरमा युवाको प्रदर्शन प्रहरी भवनको जग खन्दा ८६ थान बम भेटियो तीन दशक पुराना विद्यार्थीलाई पनि मौका परीक्षा दिने तयारी मृगौलाको पत्थरीको अप्रेशन गर्दा बिरामीको मृत्यु, लापरबाही भन्दै प्रदर्शन रास्वपाले बोलायो सचिवालय बैठक बालाजु र माछापोखरी क्षेत्रको सुकुम्बासी बस्तीमा डोजर सुकुमबासी बस्तीलाई पर्याप्त सूचना र समय दिइएन: प्रदीप पौडेल रोकिराखेको ट्रकमा स्कुटर ठोक्किँदा एक जनाको मृत्यु, एक जना घाइते रोल्पा जीप दुर्घटनामा मृतकप्रति राष्ट्रिय स्वतन्त्र पार्टीद्वारा श्रद्धाञ्जली व्यक्त स्वयम्भू, बालाजु र देवीनगरका अतिक्रमित वस्ती हटाइँदै यूएईविरुद्ध नेपालको रोमाञ्चक जित अर्थमन्त्री वाग्लेसँग ट्रम्पका विशेष दूत गोरको भेटवार्ता हामीले नबोल्दै गर्दा अरु कसैले बोल्लान् भनेर नबोलेको हो: गगन थापा फेवातालमा पौडी खेल्ने क्रममा डुबेर एक बालकको मृत्यु देशभरिको सातै प्रदेशमा वर्षा, हावाहुरी, असिना र चट्याङको उच्च जोखिम नेपाल र यूएईबीचको खेल वर्षाका कारण रोकिए जलजला जाने बाटोमा भएको जीप दुर्घटनामा मृत्यु हुने सबैको सनाखत खाना पकाउने ग्यासको मूल्य बढ्यो