Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

देउवालाई स्वागत गर्न फूलमाला लिएर पुगे प्रतिस्पर्धी सागर ढकाल

By साझासवाल 2 मिनेट पढाइ

कात्तिक १७, काठमाडौँ | प्रधानमन्त्री एवं नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासँग चुनावी प्रतिष्पर्धामा उत्रिएका स्वतन्त्र उम्मेदवार सागर ढकाल देउवाको स्वागत गर्न फूलमाला लिएर पुगेका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधि सभा सदस्य पदमा प्रतिष्पर्धा गर्न लागेका आफ्ना प्रतिष्पर्धी देउवा गृह जिल्ला पुग्दा ढकाल उनको स्वागतका लागि बागबजार पुगेका हुन् । चुनावी प्रचारका लागि बिहीवार गृहजिल्ला डडेलधुरा पुगेका देउवालाई स्वागत गर्न ढकाल गठबन्धनका कार्यकर्ताहरूसँगै लामबद्ध भएर उभिएका थिए । ​

देउवा सत्तारुढ गठबन्धनको तर्फबाट उम्मेदवार बनेका छन् भने ढकालले स्वतन्त्र उम्मेदवारी दिएका छन् । राजनीतिमा पुस्तान्तरणको मुद्दा लिएर चुनावी प्रतिष्पर्धामा उत्रिएका उनी करिब ४ महिना यता जिल्लामै बसेर प्रचार अभियान चलाइरहेका छन् ।