Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

निर्वाचनका दिन काठमाडौं उपत्यकामा सार्वजनिक सवारी नचल्ने

By साझासवाल

मंसिर २, काठमाडौँ | प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका दिन मंसिर ४ गते काठमाडौं उपत्यकमा सार्वजनिक सवारी साधन सञ्चालन नहुने भएका छन् । निर्वाचमा शान्ति सुरक्षालाई दुष्टिगत गरी काठमाडौं, ललितपुर र भक्तपुरमा सवारी साधन सञ्चालनमा रोक लगाइएको हो ।

तीन जिल्लाका प्रमुख जिल्ला अधिकारी (प्रजिअ) को बुधबार बसेको संयुक्त बैठकले मतदानका दिन निर्वाचन आयोगको मापदण्डअनुसार सवारी सञ्चालनमा रोक लगाउने निर्णय भएको काठमाडौंका प्रजिअ घनश्याम उपाध्यायले जानकारी दिए ।

निर्वाचन आयोगले मापदण्ड तोकेका र पास भएका सवारी साधनबाहेक अन्य सार्वजनिक सवारी साधन नचल्ने उनले उल्लेख गरे । मतदानका दिन बिहान ४ गतेदेखि बेलुकी ७ बजेसम्म उपत्यकामा सवारी आवागमन बन्द गर्ने निर्णय गरिएको हो ।

बैठकले सवारी साधनको व्यवस्थापन गर्ने, मदिराको ओसारपसार, बिक्रीवितरण र सेवनमा रोक लगाउने बैठकले निर्णय गरेको छ । अत्यावश्यक सेवाबाहेक मंसिर १ र २ गते तीनवटै जिल्ला प्रशासनको सेवा बन्द गर्ने निर्णय गरिएको उनको भनाइ छ । खानेपानी, विद्युत्, एम्बुलेन्स, दमकलजस्ता अत्यावश्यक सवारी साधन भने सञ्चालन हुनेछन् ।