Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

‘वीर विक्रम २’ हिन्दी भाषामा प्रदर्शन हुँदै

By साझासवाल 4 मिनेट पढाइ

मंसिर ८, काठमाडौं । केही समय अगाडि मात्र नेपाली चलचित्र ‘प्रेम गीत ३’ हिन्दी भाषामा स्वराङ्कन भएर प्रदर्शन भएको थियो । छिमेकीमुलुक भारतमा नेपाली चलचित्रको बजार खोज्ने उद्देश्यले निर्माता तथा निर्देशकले उक्त चलचित्रलाई हिन्दी भाषामा स्वराङ्कन गरिएको बताएका थिए । सोही पथमा अर्को नेपाली चलचित्र ‘वीर विक्रम २’ पनि देखिएको छ । नेपाली भाषामा प्रदर्शन भइसकेको चलचित्र हिन्दीमा स्वराङ्कन गरिएको हो ।

मिलन चाम्सको निर्माण तथा निर्देशनमा बनेको उक्त चलचित्र भारतको हलमा नभइ ओएसआर इन्टरनेसनल नामक युट्यब च्यानलमार्फत प्रदर्शन हुँदैछ । सञ्चालक ओम प्रकाश अग्रवालले डिजिटल माध्यमबाट दर्शक खोज्ने प्रयास थालिएको जानकारी दिनुभयो । “युट्युबमा रिलिज गरेर हिन्दी भाषी दर्शकलाई आकर्षित गर्न सकिन्छ भनेर सुरू गर्दैछौँ । यस चलचित्रलाई लिएर आइरहेको प्रतिक्रिया सकारात्मक छन्”, सञ्चालक अग्रवालले भन्नुभयो,“साउथ इन्डियन फिल्म पनि स्वराङ्कन गरेर युट्युबकै माध्यमले नर्थ इन्डियामा बजार विस्तार गरिएको हो । हामीले पनि बजार विस्तारकै लागि यो माध्यम अपनाएका हौँ ।”

उहाँले डिसेम्बर १ मा ‘वीरविक्रम २’ प्रदर्शन भएपश्चात् ‘सुश्री सम्पति’ पनि तयारमा रहेको बताउनुभयो । एक हप्तादेखि पन्ध्र दिनभित्रमा दोस्रो चलचित्र दर्शकमाँझ पु¥याउने सञ्चालक अग्रवालको तयारी छ । “अन्य पाँच फिल्म स्वराङ्कनको लागि तयार छन् । यी दुई फिल्मको प्रतिक्रियाले हामीलाई अगाडि बढ्ने बाटो देखाउने छ”, उहाँले भन्नुभयो ।

आफ्नो चलचित्र हिन्दीमा आउँदा खुसी लागेको निर्देशक चाम्सले बताउनुभयो । “हाम्रो काम हिन्दी भाषीकहाँ पनि पुग्दैछ । खुसी लागेको छ । हिन्दी स्वराङ्कन निकै राम्रो गरिएको छ”, उहाँले भन्नुभयो । विसं २०७६ मा रिलिज भएको यस फिल्मले बाल्यकालदेखिका दुई साथीको भावनात्मक सम्बन्धको कथालाई प्रस्तुत गरेको छ । उक्त चलचित्रमा पल शाह, वर्षा शिवाकोटी, नाजिर हुसेन, बुद्धि तामाङ, देशभक्त खनाल, विनिशा भण्डारी, क्षितिज सुवेदी खत्रीलगायतको अभिनय छ ।