Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

रौतहटमा आगलागी हुँदा एकै परिवारका तीन जनाको मृत्यु

By साझासवाल 3 मिनेट पढाइ

मंसिर ८, काठमाडौं । रौतहट सदरमुकाम गौरमा गएराति भएको भीषण आगलागीमा परेर तीनजना बालबालिकाको मृत्यु भएको छ।

गौर नगरपालिका-१ माईस्थान चौकस्थित इस्लाम कपडा-डसना पसलमा र सँगै रहेको मोटरसाइकल ग्यारेजमा बुधबार राति ११ बजे आगलागी हुँदा दुई बालिका र एक बालकको घटनास्थलमै जलेर मृत्यु भएको रौतहटका एसपी वीरबहादुर बुढामगरले जानकारी दिए।

मृत्यु हुनेमा मो.इस्लाम मियाकी ९ वर्षीया रूक्साना खातुन, ५ वर्षीया सबिना खातुन र ७ वर्षीयको छोरा इमरान मन्सुरी छन्।

एसपी बुढामगरका अनुसार तीनजना घाइते भएका छन्।

इसलामका २६ वर्षका भतिजा महम्मद इसराइल मन्सुरी, ८ वर्षका महम्मद इमरानको शरिर जलेको र २४ वर्षकी नसिमा खातुनलाई भाग्ने क्रममा चोट लागेको एसपी बुढामगरले बताए।

घाइतेहरूको गौर अस्प्तालमा उपचार भइरहेको छ।एसपी बुढामगरका अनुसार आगलागी हुँदा घरमा १६ जना सुतिरहेका थिए।

'गएराति मिया परिवारमा एकजना बच्चाको न्वारन रहेछ,' उनले भने, 'दिप बालेर वा विद्युत शर्ट भएर घटना भएको हुनसक्छ।'

घटनामा करिब ४० लाखको क्षति भएको एसपि बुढा मगरले बताए।

नेपाल प्रहरी, सशस्त्र प्रहरी, नेपाली सेना तथा स्थानीयबासीको सहयोगमा राति नै आगोलाई नियन्त्रणमा लिइएको थियो। घटनाबारे थप अनुसन्धान भइरहेको उनको भनाइ छ।