<p><b>मंसिर ८, धादिङ | </b>धादिङ निर्वाचन क्षेत्र नम्बर २ मा सत्ता गठबन्धनका तर्फबाट उमेदवार रहेका नेपाली कांग्रेसका रामनाथ अधिकारी विजयी भएका छन् ।<br></p><p>कांग्रेस धादिङका सभापतिसमेत रहेका अधिकारीले सोही क्षेत्रका निवर्तमान सांसद नेकपा (एमाले)का खेमप्रसाद लोहनीलाई १० हजार ५३३ मतान्तरमा पराजित गरे ।</p><p>अधिकारीले ३४ हजार ४८३ मत पाउँदा एमालेका लोहनी २३ हजार ९५० मत ल्याए ।</p>
धादिङ २ मा कांग्रेसका रामनाथ अधिकारी विजयी
