Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

डढेलो लगाएको भन्दै चित्रकारलाई जिउँदै जलाउने ४९ जनालाई मृत्युदण्ड

By साझासवाल 3 मिनेट पढाइ

मंसिर ९, काठमाडौं | एजेन्सी | अल्जेरियाको एक अदालले एक जना चित्रकारको क्रुर ढङ्गले गरिएको हत्यामा संलग्न ४९ जनालाई मृत्युदण्डको सजाय सुनाएको छ । गत वर्ष देशको उत्तरपूर्वी क्षेत्र काबिलीको जङ्गलमा आगो लगाएको आरोपमा एक सय जनाभन्दा बढीको भीडले चित्रकारको हत्या गरेको थियो ।

अधिकारीहरूका अनुसार वन डढेलो निभाउन गएका सैनिकसहित ९० जनाको ज्यान गएपछि स्थानीयले चित्रकार जामेल बेन इस्माइलको क्रूरतापूर्वक हत्या गरेका थिए । एक जना पुरूष र तीन जना महिलाले उनको शवलाई काटेर टक्राटुक्रा परी अन्तिममा जलाएका थिए । ती कलाकारले आफू आगो निभाउन जङ्गलमा जान लागेको सामाजिक सञ्जालमा उल्लेख गरेका थिए । स्थानीयले जामेललाई आफ्नो क्षेत्रमा कहिल्यै नदेखेको तथा निजले नै वनमा आगो लगाएको आशङ्कामा उनलाई मारेका थिए ।

चित्रकार जामेलको हत्यामा एक सय जनाभन्दा बढी संलग्न रहेका थिए तर मुद्दा दर्ताका बखत सबैलाई विपक्षी बनाइएको थिएन । मृत्युदण्डको सजाय सुनाइएकालाई आजिवन काराबासको दण्ड हुनसक्ने अधिकारीहरूले बताएका छन् । अल्जेरियाले मृत्युदण्डमा रोक लगाएकाले त्यो काराबासको सजायमा रुपान्तरण हुनसक्नेछ । केहीलाई केही वर्षको सजाय सुनाइएको छ भने ३८ जनालाई दुईदेखि १२ वर्षसम्मको जेल सजाय तोकिएको छ ।