Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

घुस रकमसहित सशस्त्र प्रहरी जवान अख्तियारको नियन्त्रणमा

By साझासवाल

<p><b>मंसिर ९, नवलपरासी&nbsp;| </b>अख्तियार दुरुपयोग अनुसन्धान आयोगको टोलीले सशस्त्र प्रहरी बल सुरक्षा बेस क्याम्प सेमरी नवलपरासीमा कार्यरत सशस्त्र प्रहरी जवान मुख्तार देवानलाई नियन्त्रणमा लिएको छ ।&nbsp;<br></p><p>महेशपुर सीमा नाकाबाट सामान खरिद गरी ल्याउनलाई सहजीकरण गरिदिने भनी सेवाग्राहीसँग घुस मागेको भन्ने उजुरी परेपछि अनुगमनमा खटिएको अख्तियारको टोलीलाई देवानलाई पक्राउ गरेको हो । उनले सेवाग्राहीसँग ७ हजार रुपैयाँ घुस रकम लिइरहेको अवस्थामा रंगेहात पक्राउ गरिएको अख्तियारका प्रवक्ता श्यामप्रसाद भण्डारीले जानकारी दिए । उनलाई अख्तियारको क्षेत्रीय कार्यालय बुटवलबाट खटिएको टोलीले पक्राउ गरेको हो ।&nbsp;</p><p>घटनाका विषयमा थप अनुसन्धान भइरहेको अख्तियारले जानकारी दिएको छ ।</p>