2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाराही हाइड्रोपावरको आइपिओ आउँदै, कहिलेसम्म आवेदन दिन सकिन्छ ?

मङ्सिर १४, काठमाडौँ । बाराही हाइड्रोपावर पब्लिक लिमिटेडले सर्वसाधारणका लागि साधारण शेयरको निष्कासन तथा बिक्री खुला गर्ने भएको छ । कम्पनीले यही मङ्सिर २१ देखि सर्वसाधारणका लागि प्रारम्भिक सार्वजनिक निष्कासन (आइपिओ) को निष्कासन गर्ने भएको हो ।

कम्पनीले प्रतिशेयर रु १०० अङ्कित दरका कूल पाँच लाख ५४ हजार कित्ता शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले यसअघि आयोजना प्रभावित क्षेत्रका स्थानीयवासीका लागि छुट्याएको दुई लाख ५० हजार कित्ता शेयरमा एक लाख ४६ हजार कित्ता तोकिएको बासिन्दालाई बाँडफाँट गरी बाँकी एक लाख चार हजारसहित कूल पाँच लाख ५४ हजार कित्ता शेयर सर्वसाधारणमा निष्कासन गर्न लागेको हो । कम्पनीले निष्कासन गर्ने शेयरमा २७ हजार सात सय कित्ता सामूहिक लगानी कोष र ११ हजार ८० कित्ता कम्पनीका कर्मचारीलाई बाँडफाँट गरी बाँकी पाँच  लाख १५ हजार दुई सय २० कित्ता शेयर खरिदका लागि सर्वसाधारणले आवेदन दिन सकिने सार्वजनिक आह्वानपत्रमा उल्लेख छ । सार्वजनिक आह्वानपत्र अनुसार सर्वसाधारण लगानीकर्ताले मङ्सिर २६ सम्म आवेदन दिन सक्नेछन् । साथै, उक्त अवधिमा मागबमोजिम आवेदन नपरे आगामी पुस ६ गतेसम्म आवेदन दिन पाइने छ । आवेदकले न्यूनतम १० कित्तादेखि अधिकतम १० हजार कित्ताका लागि आवेदन दिनसक्नेछन् ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट अनुमति प्राप्त आस्वा सेवामा सहभागी बैंक तथा वित्तीय संस्थाबाट आस्वा प्रणालीमार्फत् तथा मेरो शेयरको वेवसाइट र मोबाइल एपमार्फत् पनि आवेदन दिन सक्नेछन् । कम्पनीले बागलुङको जैमिनी नगरपालिका १, ४ र ५ मा पर्ने ठेउले खोलामा एक दशमलव पाँच मेगावाट क्षमताको ठेउले खोला जलविद्युत् आयोजना निर्माणगरेको छ । कम्पनीको शेयर निष्कासन तथा बिक्री प्रबन्धकमा एनआईबिएल एस क्यापिटल लिमिटेडछ । कम्पनीलाई ईक्रा नेपालले ‘ईक्राएनपी– आईआर बी माइनस’ ग्रेडिङ प्रदान गरेको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक