2026-06-14

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

बाजुरामा विद्यार्थी नेताको हत्या आरोपमा वडाध्यक्ष सहित तीन जना पक्राउ

मङ्सिर १५, बाजुरा | बाजुरामा विद्यार्थी नेता चेतन अयडीको हत्या आरोपमा एक वडाध्यक्ष पक्राउ परेका छन् । जिल्ला प्रहरी कार्यालय बाजुराका अनुसार जिल्लाको त्रिवेणी नगरपालिका वडा नम्बर ७ का वडाध्यक्ष जुद्धबहादुर अयडीलाई पक्राउ गरिएको हो ।

वडाध्यक्ष अयडीसँगै प्रहरीले अहिले सम्म तीन जनालाई पक्राउ गरेको जनाएको छ छ । मृतकका आफन्तले हत्यामा संलग्न भएको भन्दै वडा अध्यक्षसहित २२ जना विरुद्ध किटानी जाहेरी दिएका थिए । प्रहरीले ती मध्ये वडाध्यक्ष सहित तीन जनालाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय बाजुराका प्रमुख सूर्य थापाले बताए ।

मंसिर ४ गते निर्वाचन सम्पन्न भइसकेपछि घरमा सुतिरहेका एमाले निकट विद्यार्थी सङ्गठन अनेरास्ववियुका केन्द्रीय सदस्य तथा सुदूरपश्चिम विश्व विद्यालय अध्यक्ष अयडीलाई घरबाट झिकेर बीभत्स हत्या गरिएको थियो । प्रहरीले किटानी जाहेरीको आधारमा घटनामा संलग्न अन्यलाई पनि खोजि गरिरहेको जनाएको छ ।

अहिले पक्राउ परेको वडाध्यक्ष नाटेश्वरी मन्दिरमा दलित पसेको भन्दै कुटपिट गरेको अभियोगमा एक महिना पहिला पनि मात्र धरौटीमा छुटेका थिए। जिल्ला अदालत बाजुराले उनलाई एक लाख धरौटीमा छुटेका थिए ।

 


प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते काभ्रेपलाञ्चोकमा बस दुर्घटना हुँदा ७ जनाको मृत्यु परराष्ट्रमन्त्री शिशिर खनाल आइतबार चीन भ्रमणमा जाँदै बालेन सरकार ६ महिनामै ढाल्न भदौको भन्दा सशक्त आन्दोलन एमालेको अगुवाइमा गर्न आवश्यक छ: महेश बस्नेत नेपाल सरकारको अहिले रक्षा मन्त्री को हुनुहुन्छ, रक्षा मन्त्रीलाई सभामुखले बोलाउनुपर्छ: हर्क साम्पाङ अर्थमन्त्रीबाट समिति र संसदको अवमूल्यन भएको छ धम्काउने कोसिस भएको छ: वर्षामान पुन सुनचाँदीको मूल्य बढ्यो प्रधानमन्त्री बालेनले बोलाए मन्त्रिपरिषद् बैठक