Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

बारामा ४३ वर्षीय पुरुषको हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक बालक पक्राउ

By साझासवाल 2 मिनेट पढाइ

मङ्सिर १५, बारा |  बारामा एक व्यक्तिलाई हत्या गरेर खाल्डोमा गाडेको आरोपमा एक जनालाई प्रहरीले पक्राउ गरेको छ।

बुधबार बिहानीपख ९ बजेतिर बाराको कोल्हवी नगरपालिका–११ को रामपुर्वा टोलका ४३ वर्षीय परीक्षण चौधरी मृत अवस्थामा भेटिएका थिए। सोही ठेगानाका सियाराम चौधरीको गोठघर पछाडि खाल्डो खनेर पुरेको अवस्थामा शव भेटिएको थियो।

घटना अवस्थामा फेला परेको चप्पलको आधारमा अनुसन्धान गर्दा हत्या आरोपमा एक जना बालकलाई पक्राउ गरिएको बारा प्रहरीले जनाएको छ।

पक्राउ परेका बालक र परीक्षण चौधरी घटनाको अघिल्लो दिन राति गाउँकै रामपुकार चौधरीको खाजा पसलमा मदिरा सेवन गरेका थिए। घर जाने क्रममा परीक्षण चौधरीले आफूमाथि अप्राकृतिक मैथनु गर्न खोजेकाले सिसौको दाउराले हानेर हत्या गरेको ती बालकले प्रहरीसमक्ष बताएका छन्।

हत्या गरेपछि खाल्डो खनेर गाडिएको पाइएको प्रहरीले जनाएको छ। पक्राउ परेका बालकलाई जिल्ला अदालत बाराबाट म्याद थप गरेर अनुसन्धान अघि बढाइएको छ।