Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

पार्किङ माग गर्दै बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिए

By साझासवाल 2 मिनेट पढाइ

मङ्सिर १५, काठमाडौँ | सडक किनारमा पार्किङ गर्न नदिएको विरोधमा बागबजार क्षेत्रका व्यवसायी आन्दोलनमा उत्रिएका छन् ।

काठमाडौं महानगरपालिकाको नगर प्रहरीले सडक किनारमा मोटरसाइकल र गाडी पार्किङ गर्न नदिएपछि उनीहरुले आन्दोलन गरेका हु्न् ।

महानगरले विकल्प नदिई सडक किनारमा पार्किङ गर्न रोक लगाउनु बेठीक भएको व्यवसायीहरु बताउँछन् ।सडक किनारमा पार्किङ गर्न नपाए आफूहरु व्यवसाय छाड्ने अवस्था आउने उनीहरुको भनाइ छ ।

आन्दोलनमा सहभागी एक व्यापारीले भने, ‘हामी घरबहाल कर तिर्छौं, व्यवासाय कर तिर्छौं, तर हाम्रो सवारी साधन कहाँ राख्ने ?’ उनीहरूले पार्किङ माग गर्दै बागबजार क्षेत्रका  पसलहरुसमेत बन्द गराएका छन् ।