Skip to content
Wednesday, July 15, 2026 Nepali Online Media

विद्यार्थीको मृत्युपछि विश्व निकेतनमा प्रदर्शन

By साझासवाल

मङ्सिर २२, काठमाडौँ | त्रिपुरेश्वरस्थित विश्व निकेतन माविमा कक्षा ११ मा अध्ययनरत व्यवस्थापन संकायकी छात्राले आत्महत्या गरेको भन्दै विद्यार्थीले प्रदर्शन गरेका छन् । सानेपा निवासी सप्तरीकी सदीक्षा चौधरी बुधबारराति मृत भेटिएकी थिइन् । अनुशासन प्रमुखको मानसिक यातनाका कारण उनले आत्महत्या गरेको भन्दै विद्यार्थीले न्यायको माग गरेका छन् ।

विद्यालयका प्रधानाध्यापक हेरम्बराज कँडेलले भने मानसिक यातना दिएको आरोपको खण्डन गरे । उनले धेरै दिन सदीक्षा विद्यालयमा अनुपस्थित भएपछि सोधपुछ गरिएको र नियमित आउन सल्लाह दिएर पठाएको बताए । त्यसपछि पनि अनुपस्थित भएकाले अभिभावक लिएर आउनु भनेर बुधबार सम्झाएर पठाएको बताए । विद्यार्थी भने विद्यालयका सहायक कर्मचारी तथा अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीले ‘टर्चर’ दिएको भन्दै उनलाई निलम्बन गर्न गरेका थिए ।

प्रधानाध्यापक कँडेलले विद्यार्थीको माग अनुसार शिक्षक, अभिभावक, विद्यालय व्यवस्थापन समिति र जनप्रतिनिधिको बैठकले अनुशासन तथा परामर्श विभाग प्रमुख नवराज लोहनीलाई निलम्बन गरिएको बताए । कानुनी प्रकृयामा सहयोग गर्ने भएपछि आन्दोलनरत विद्यार्थीहरु घर फर्किएका छन् । मृतक चौधरीको शव पोष्टमार्टमका लागि पाटन शिक्षण अस्पतालमा लगिएको छ ।