Skip to content
Thursday, July 16, 2026 Nepali Online Media

तारकेश्वरमा एक युवकको रहस्यमय मृत्यु, टिप्परको ठक्करपछि घाँटी थिचेर हत्याको आरोप

By साझासवाल 3 मिनेट पढाइ

मङ्सिर २७, काठमाडौँ | काठमाडौंको तारकेश्वर नगरपालिका–३ स्थित तीनपिप्लेमा एक युवकको रहस्यमय मृत्यु भएको छ । २१ वर्षीय सविन फुयाँलको टिप्परको ठक्करबाट मृत्यु भएको भनिए पनि हत्या भएको परिवारले आरोप लगाएका छन् ।

फुयाँललाई मंसिर २५ मा राति बा ५ ख ६७७९ नम्बरको टिप्परले ठक्कर दिएको थियो । मोटरसाइकलमा सवार फुयाँल टिप्परको ठक्‍करबाट घाइते भएपछि चालक र अन्य मानिसहरु मिलेर हत्या गरेको पीडित पक्षको आरोप छ । मृतकका दाजु नाता पर्ने जयराम घिमिरेले दुर्घटनापछि बालुवा लोड गर्न प्रयोग गरिने सावेलले घाँटी थिचेर फुयाँलको हत्या गरिएको दाबी गरेका छन् । उनले भने–‘सावेलको प्रयोग गरेर घाँटीमा प्रेसर दिएर हत्या भएको छ ।’

हत्यारालाई पक्राउ र कारबाहीको माग गरेर सोमबार साँझ पीडित पक्षले तीनपिप्ले स्थित प्रहरी कार्यालयमा घेरा हालेका थिए । आक्रोशित समूहले प्रहरीको मोटरसाइकल तोडफोड गरेका छन् । प्रहरी वृत बालाजुले हत्यामा संलग्न आरोपमा दुईजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा शिव बलामी र बिमल बलामी छन् । शिव बलामीले आफूलाई टिप्पर धनीले १५ लाख नगद दिने लोभ देखाएर हत्या स्विकार्न बाध्य बनाएको प्रहरीलाई बयान दिएका छन् ।

शिवको सो बयानपछि मंगलबार बिहान प्रहरीले बिमललाई पक्राउ गरेको हो । बिमल बलामी टिप्परका धनि हुन् । बिमलले नै टिप्पर चलाएको र घाइते बनाएपछि आसपासमा डिपोमा काम गर्नेहरुलाई समेत बोलाएर फुँयालको हत्या गरेको आरोप छ । दुर्घटनापछि हत्या भएकोबारे अनुसन्धान गर्नुपर्नेमा प्रहरीले दुर्घटना मुद्दा चलाउने प्रयास गरेको छ ।