2026-06-15

कोशी प्रदेश

मधेस प्रदेश

बागमती प्रदेश

गण्डकी प्रदेश

लुम्बिनी प्रदेश

कर्णाली प्रदेश

सुदूरपश्चिम प्रदेश

काठमाडौँ - KTM

‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनमा तीव्रता

पुस ९, काठमाडौँ | महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘महिला पहिला’ कार्यक्रम कार्यान्वयनलाई तीव्रता दिएको छ । महिलालाई घरभित्रदेखि समाज हुँदै राजनैतिक दल र राज्य सत्तासम्म पहिला बनाउने अभियान ‘महिला पहिला’ कार्यक्रमको प्रभावकारी कार्यान्वयका निम्ति मन्त्रालयले ६० पालिकामा बजेटको व्यवस्था गरेको छ । 

कार्यक्रममा महिला हिंसा न्यूनीकरण गर्ने अभियानको व्यवस्था गरिएको छ भने महिलालाई तलैदेखि नेतृत्व क्षमताको अभिवृद्धि गर्ने कार्यक्रम पनि समावेश गरिएको छ ।  

मन्त्रालयले महिला सुरक्षा सेवा कार्यक्रमअन्तर्गत रातिको समयमा महिला एक्लै हिँड्नु परेमा प्रहरीको सहयोगमा कल सेन्टरको व्यवस्था गरी महिलाले फोन गर्ने बित्तिकै घरमा गाडी लिन जाने र गन्तव्यमा पुगेर पुनः घरसम्म पठाउने व्यवस्था रहेको छ । मन्त्री उमा रेग्मीले मन्त्रालयको जिम्मेवारी लिएपछि १४ महिनाको अवधिमा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिला एक सय ३२ जनाको उद्धार गरिएको छ । मन्त्रालयले  ‘घरैबाटै सुरु गरौँ महिला हिंसा अन्त्य गरौँ’ भन्ने नाराका साथ महिला हिंसा विरुद्धको अभियानसमेत सञ्चालन गरेको छ ।  

त्यसैगरी मन्त्रालयले बालबालिकासम्बन्धी नीति, बालबालिका नीति २०७९, बालबालिकासम्बन्धी नियमावली २०७८ र बाल अधिकारसम्बन्धी अन्तर्राष्ट्रिय महासन्धि सिआरसीको छैटौँ सातौँ आवधिक प्रतिवेदन तयार गरी मन्त्रिपरिषद्बाट स्वीकृत गरेर कार्यान्वयनमा ल्याएको छ । 

त्यसैगरी राष्ट्रिय बाल अधिकार परिषद्को पाँच वर्षीय रणनीतिक योजना ल्याइएको छ । बाल अधिकार संरक्षण संवद्र्धन तथा प्रवद्र्धनसम्बन्धी एकीकृत कार्यावधि २०७९ तयार गरिएको छ । 

ज्येष्ठ नागरिकसम्बन्धी ऐन २०६३ लाई पहिलो संशोधन गर्न बनेको ऐन २०७९ संसद्बाट पास भइसकेको छ । सो ऐन अनुसारको नियमावली मन्त्रालयमा अन्तिम चरणमा पुगेको मन्त्री रेग्मीले जानकारी दिनुभयो । आफ्नो कार्यकालमा स्थानीय तहले ज्येष्ठ नागरिकको परिवारको सदस्य, नातेदार वा हकवालाले पालनपोषण वा हेरचाह नगरेमा र अलपत्र परेमा स्थानीय तहले हेरचाह केन्द्रमा राखी व्यवस्था गरिएको मन्त्री रेग्मीको भनाइ छ । ज्येष्ठ नागरिकका सन्तानले कुनै पनि किसिमले गरेको आम्दानीका कारणले तोके बमोजिमको रकम ज्येष्ठ नागरिकको बैंक खातामा मासिक रूपमा दाखिला गर्नुपर्ने प्रावधानको व्यवस्थासमेत गरिएको छ । 

मन्त्रालयले सहाराविहीन ३१ अपाङ्गता भएका व्यक्तिलाई पुनः स्थापना केन्द्रमा संरक्षण गर्ने व्यवस्था मिलाएको छ । मन्त्री रेग्मीका अनुसार अपाङ्गता  भएका व्यक्तिहरूका लागि हेरचाह गर्ने व्यक्तिको तालिमका लागि बजेटको व्यवस्था गरिएको छ ।

प्रतिक्रिया दिनुहोस्

मुख्य समाचार
कोशीको बजेट ४० अर्ब ४४ करोड मन्त्री आएपछि शुरू भयो प्रतिनिधिसभा बैठक सीमा रक्षामा विदेशी सेनासँग निहत्था लडिरहनुहुने नेपाली दाजुभाइ दिदीबहिनीहरूको पोषण तथा पोशाकमा पनि बजेट छुट्टाउनुपर्छ : हर्क साम्पाङ राष्ट्रियसभामा बजेटमाथि छलफल प्रारम्भ स्वास्थ्यमन्त्री मेहतासँग जर्मनी राजदूतको भेटवार्ता खैरो हेरोइनसहित एक जना भारतीय नागरिकलाई पक्राउ सुनचाँदीको मूल्य बढ्यो पहिलो खेलमै मोरक्कोसँग बराबरीमा रोकियो ब्राजिल रास्वपा बागमती प्रदेश सभापतिमा उत्सव अर्याल निर्वाचित, दुई मतले हारे लामिछानेलाई संसारमा अहिले सबै भन्दा धेरै गाली र अपमान गरिने मान्छे म नै हुँला: हर्क साम्पाङ पुराना शक्तिहरूसँग अब देश सुधार्ने कुनै योजना र ठाउँ बाँकी छैन, वैकल्पिक शक्तिहरू नै अबको निकास हुन्: बाबुराम भट्टराई काभ्रे बस दुर्घटना छानबिन गर्न समिति गठन आगामी आर्थिक वर्षमा जलविद्युत् उत्पादन क्षमता पाँच हजार ३३५ मेगावाट पुग्ने पार्टीको अस्तित्व कायम गरेर नै अरूलाई पनि जोड्दै जानेछौँ: कुलमान घिसिङ प्रधानमन्त्री बालेनको अभिव्यक्तिबारे हर्क साम्पाङले मागे रास्वपाको धारणा ट्राफिक कारबाहीमा १७ लाख ८६ हजार राजस्व संकलन जग्गा विवादका क्रममा कुटपिट हुँदा एक वृद्धको मृत्यु मन नपरेको खण्डमा सरकारै ढाल्न पाइने अधिकार यही थलोले राख्छ: अर्थमन्त्री वाग्ले अर्थमन्त्रीको कुरा फेरियो, नयाँ भनिनेहरू नै पुराना हुन्: रामकुमारी झाँक्री बीपी राजमार्गमा बस दुर्घटना अपडेट: मृतकको संख्या ८ पुग्यो, १६ घाइते